लिवियाको राजधानीमा भिडन्त: पच्चिसको मृत्यु, असी घाइते

0
Shares

त्रिपोली,(एजेन्सी)
लिवियाको राजधानी त्रिपोली नजिक भिडन्त शुरु भएपछि सोमवार कम्तिमा २ हजार ८ सय मानिस सुरक्षित गन्तव्य तर्फ भागेको संयुक्त राष्ट्र संघले जनाएको छ । साथ ैत्यहाँका अन्य सर्वसाधारण भिडन्तबिच फसेको तथा तिनीहरुलाई आवशयक आधारभूत आपतकालिन सामग्रैी समेत आपुर्ति हुन नसकेको बताइएको छ ।

विहिवार रातिदेखि जनरल खलिफा हाफतारको नेतृतवमा रहेको फौजले लिवियाको संयुक्त राष्ट्र संघ समर्थित सरकारबाट आफुलाई अलग्याउने उद्देशयले आक्रमण शुरु गरेको बताइएको छ । प्रधानमन्त्री फयाज अल – सेर्राजले जनरल हाफतारलाई सैनिक विद«ोहको प्रयास गरेको आरोप लगाउँदै लडाकुहरुमाथि बल प्रयोग गरिने प्रतिक्रिया दिएका छन् ।
सोमवार लिवियाको जनस्वास्थ मन्त्रालयले सेना र सर्वसाधारण गरी यस भिडन्तमा कम्तिमा पचिसजना मानिसको ज्यान गएको तथा अन्य असीजना घाइते भएको दावी गरेको छ । यसअघि यो भन्दा ठूलो तथयंक सार्वजनिक गरिएको थियो । यसैबिच जनरल हाफतारले तिनीहरुले कम्तिमा चौधजना लडाकु गुमाएके बताएका छन् ।

यसअघि संयुक्त राष्ट्र संघले सर्वसाधारणलाई सुरक्षित गनत्व्यमा लान र शवहरु उठाउनका लागि दुई घन्टे युद्ध विराममका लागि अपिल गरेपनि भिडन्त जारी रहेको थियो । युरोपेली संघ र संयुक्त राज्य अमेरिका र रसिया लगायत विशवका थुप्रै मुलुकले भिडन्त रोक्न आब्हान गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका छन् , ‘ त्रिपोली विरुद्धको यो एक पक्षिय सैनिक अभियानले सर्वसाधारण र सम्पुर्ण लिवियालीको उज्वल भविष्य नै ध्वस्त हुनेछ । ’ सुरक्षा स्थिती बिगिैंदै गएपछि अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले आफ्ना कर्मचारीहरुलाई लिवियाबाट फिर्ता बोलाएका छन् ।

सन् २०११ मा लामो समयदेखि लिवियाका शासकको रुपमा रहेका मोमर गद्धाफीलाई अपदस्थ र हत्या गरिएयता त्यहाँ राजनीतिक अस्थिरता र हिँसा जारी रहेको छ । लिवियाको नयाँ चुनावका लागि मार्गदर्शन सम्बन्धमा संयुक्त राष्ट्र संघकै पहलमा १४ देखि १६ अप्रिलसम्म छलफल हुने कार्यक्रम रहेको छ ।

यदि भिडन्त जारी रहेको स्थितीमा सो कार्यक्रम हुने अनिश्चित देखिएको छ । जनरल हाफतारको लिवियन नेसनल आर्मी ( एलएनए ) फौजले थुप्रै तर्फबाट लिवियामा आक्रमण गरिरहेको छ । तर संयुक्त राष्ट्र संघका प्रवक्ताले भने तिनीहरुले अझै सकारात्मक प्रतिक्रियाको आशा गरिरहेको एएफपिलाई बताएका छन् ।

आइतवार एलएनएले संयुक्त राष्ट्र संघ सर्थित गभर्नमेन्ट अफ नेसनल एकर्ड ( जिएनए ) ले आफुहरु माथि हवाई आक्रमण गरेकपछि आफुले पनि पहिलो पटक जवाफी हमला गरेको जनाएको थियो । त्रिपोली देखि दक्षिण भागमा रहेको प्रयोगमा नल्याइएको अन्तर्राष्ट्रिय विमानस्थलमा भिडनत जारी रहेको छ । जनरल हाफतारले आफ्नो फौजले सो विमानस्थलमाथि कब्जा जमाएको दावी गरेका थिए ।