दुखाईको महशुसै नहुने अनौठो महिला

0
Shares

लन्डन,(एजेन्सी)
जो क्यामेरोनले आफ्नो शरिरको टाला जल्दा डढेको गन्ध सुँघेपछि मात्र जलेको कुरा थाहा पाउँछिन् । प्रायशः उनका हात पाखुरा ओपनमा जलिरहन्छन् तर उनले कहिल्यै पोलेको महसुशै गर्दिनन् ।

यसरी दुर्लभ ढंगले आनुवंशिक परिवर्तनको समस्याबाट ग्रस्त उनी विश्वमा हालसम्म थाहापाइएका दुईजना मात्र महिला मध्ये एक हुन् । पोलाईको पीडाको महशुस नै नहुने हुनाले उनलाई कहिल्यै पोल्ने डर र चिन्ता छैन । ६५ वर्षको उमेरमा एउटा जटिल शल्याक्रिया गर्ने क्रममा उनलाई कुनै पनि पेन किलर औषधि दिनुनपरेपछि डाक्टरहरु चकित भएक थिए ।

उनले बल्ल आफु संसारका अन्य महिला भन्दा पृथक रहेको महशुस गरेकी थिइन् । उनको दाँया हातको शल्यक्रिया गर्ने क्रममा डाक्टरहरुले उनलाई पछि दुखन सक्ने चेतावनी दिएका थिए ।

तर उनलाई कुनै पीडा महशुस नभएपछि उनका ऐस्थिटिस्ट डाक्टर देवजित श्रीवास्तवले परिषणका लागि युनिभर्सिटी कलेज लन्डन ( युसिएल ) र अक्सफोर्ड युनिभर्सिटीका दुखाई जेनेटिसिस्टहरुकहाँ पठाएका थिए । गम्भीर स्वास्थ परिक्षण पछि तिनीहरुले उनको अनुवंशमा अनौठो परिवर्तन हुने गरेकाले उनलाई कुनै पीडा नहुने गरेको तथ्य पत्ता लगायो ।

इन्भर्नेस नजिकको व्हाइटब्रिज निवासी जोले शल्यक्रियापछि आफुलाई पेन किलर नचाहिने बताउादा डाक्टरहरुले नपत्याएको विविसि स्कटल्यान्ड न्युज वेवसाइटलाई जानकारी गराएकीछिन् ।