माल्दिभ्सको संसदीय चुनावमा राष्ट्रपतिको वर्चश्व

0
Shares

माले, (एजेन्सी)
माल्दिभ्सको संसदिय चुनावको प्रारम्भिक नतिजा अनुसार राष्ट्रपति इव्राहिम मोहमद सोलिहको पार्टीले अत्यधिक बहुमतले विजय हासिल गर्ने देखिएको छ । माल्दिभियन डेमोक्रेटीक पार्टी ( एमडिपि ) ८७ सदस्यिय संसदको झण्डै ६० सिट जित्ने अनुमान गरिएको स्थानिय संचार माध्यमले जनाएको छ ।
आइतवार भित्रै बाँकी सम्पुर्ण नतिजा सार्वजनिक भइसक्ने बताइएको छ ।

एमडिपिको विजयले राष्ट्रको पुर्व राष्ट्रपति तथा एमडिपिकै नेता मोहमद नासिदको पुनरागमनको संभावनालाई निकै दरिलो बनाइदिएको छ । उनी गत वर्षको उत्तरार्ध समम पनि निर्वासित जीवन बिताउन बाध्य भएक थिए ।
पार्टीको आधिकारिक ट्विटर एकाउनटमा पोस्ट गरिएका फुटेजहरुमा समर्थकहरुले एकले अर्कालाई बधाइ दिँदै नाचिरहेको देखिन्छन् । नासिदले यस परिणामले माल्दिभ्समा प्रजातन्त्रलाई सुदृढ गर्नलाई लामो समय सम्म टेवा पु¥याउने विविसिलाई बताएका छन् ।

नासिद सन् २००८ मा माल्दिभ्सको पहिलो प्रजातानित्रक ढंगले निर्वाचित राष्ट्रपति बनेका थिए । उनको पार्टीले चुनाव प्रचार प्रशारको क्रममा न्यायालयलाई सुधार गर्ने र अभ्व्यिक्ति तथा प्रजातनत्रको स्वतन्त्रतालाई प्रवर्धन गर्ने नारा लगाएको थियो ।

अब्दुल्ला यामिनको शासनकालमा विवादास्पद आतंकवादको अभियोग लगाइएपछि सन् २०१६ मा नासिद निर्वासित हुन बाध्य भएका थिए । गत वर्षको सेप्टेम्वरमा आफ्नो सहायक सोलिहले राष्ट्रपतिय चुनाव जितेपछि नासिद स्वदेश फर्केका थिए ।

माल्दिभ्सको सो राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार इव्राहिम मोहमद सोलिहले आश्चर्यजनकढंगले सत्तारुढ राष्ट्रपति अब्दुल्लाह यामिनलाई पराजित गरेका थिए । निर्वाचन आयोगका अनुसार उनले खसेको कूल मत मध्ये १ लाख ३४ हजार ६ सय १६ मत हासिल गरेका थिए भने यामिनको मत ९६ हजार १ सय ३२ मा सिमित रहन पुगेको थियो ।

टापु राष्ट्र माल्दिभ्समा विपक्षी राजनीतिक समुहलाई दमन गरिरहेको आरोप लागेका यामिनले मत परिणाम र पराजय स्विकारेका थिए । यो राष्ट्र अहिले चीन र भारतबिच प्रतिष्पर्धा गर्ने प्रमुख थलो बनेको छ । संयुक्त राज्य अमेरिका र भारतले सोलिहको विजयको स्वागत गरेका थिए ।

यामिनले पछिल्ला केहि वर्षयता मात्र हिन्द महासागरमा आफ्नो उपस्थिती बढाउन थालेका चीनलाई माल्दिभ्सतर्फ निकट ल्याएका थिए । यामिनको शासनकालमा थुप्रै विपक्षी राजनीतिक नेताहरुलाई कारगारमा थुनिएपछि अमेरिका र युरोपेली संघले चुनाव अघि नै प्रजातान्त्रिक स्थिती नसुधारेको खण्डमा नाकावन्दि लगाउने चेतावनी दिएका थिए ।