यौन र ड्रग्ससंगै लिनेमा वेलायती अगाडि

0
Shares

लन्डन,(एजेन्सी)
हालै गरिएको स्वास्थ तथा जीवनशैली सम्बन्धी एक सर्भेक्षणले संयुक्त राज्य अमेरिका , क्यानाडा , अष्ट्रेलिया वा युरापेका भन्दा वेलायतका मानिसहरुले बढि मात्रामा यौनलाई लागुऔषधसंग जोड्ने संभावना रहेको जनाएको छ । यस सर्भेक्षणले युवा वेलायती र उच्च आम्दानी भएकाहरुले लागु औषध मिश्रित यौन अर्थात केमसेकस गर्ने गरेको पत्ता लगाएको छ ।

यौनसंग सम्बन्धित विश्वव्यापि लागुऔषध सर्भेक्षण अनुसन्धानमा वाइस हजार भन्दा बढि मानिसले भाग लिएका थिए । यस अनुसनधानले अधिकांशले प्रायशः यौन कार्यसंगसंगै रक्सी , गाजा , मिथाइलिनडिअक्सीएम्फेटामाइन ( एमडिएमए ) र कोकिन प्रयोग गर्ने गरेको पत्ता लगाएको छ ।

अनुसनधानकर्ताहरुले यस प्रकारको जीवन शैल कति खतरानाक हुन्छ भनी सन्देश दिनका लागि मानिसहरुको यौन संगसंगै लागुऔषध प्रयोगबार ेजान्नु जरुरी रहेको बताएका छन् । यस अनुसन्धान प्रतिवेदनका प्रमुख लेखक डाक्टर विल लनले भनेका छन् , ‘ तिनीहरुसंग धुलमिल रहेर लागुऔषधले रमाइलो लगायत हानी पनि दिलाउँछ भन्ने स्विकार गरिसकेपछि विश्वसनिय ढंगले यस गलत कार्य घटाउनका लागि सन्देश दिन सकिन्छ ।


साथै यस प्रतिवेदनमा सबैभन्दा बढि लोकप्रिय लागु पदार्थमा रकसी रहेको उल्लेख गरिएको छ । यस सर्भेक्षणमा सहभागि मध्ये करिव ५८ प्रतिशत पुरुष र ६० प्रतिशत महिलाले विगतका वर्षहरुमा यौन सम्पर्क गर्नुअघि आफुहरुले रक्सी पिउने गरेको बताएका छन् ।

त्यसमध्ये पनि समलिंगी र महिला तथा पुरुष दुवैसंग यौन सम्पर्क स्थापित गर्नेहरुले अन्यको तुलनामा सबैभन्दा बढि लागुऔषध प्रयोग गर्ने गरेको बुझिएको छ । यौनकार्य संगसंगै लागुऔषध प्रयोग गर्नाले एचआइभी र अन्य यौ संक्रमित रोगको शिकार हुने संभावना बढि हुने विशेषज्ञहरुको भनाई रहेको छ ।