साढे दुई करोड थान मोबाइलको आईएमईआई दर्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपालमा अनाधिकृतरूपमा मोबाइल भित्रिन रोक्न र अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणले शुरू गरेको मोबाइलको आईएमईआई नम्बर दर्ता प्रक्रियाले तीव्रता पाएको छ ।प्राधिकरणका अनुसार हालसम्म साढे दुई करोड थानभन्दा बढी मोबाइलको आईएमईआई दर्ता भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७३ वैशाख १ गतेबाट मोबाइल सेटको अनलाइन र अफलाइन आईएमईआई दर्ता प्रणाली शुरू गरेको थियो ।प्राधिकरणले अनलाइन प्रणालीबाट आईएमईआई नम्बर दर्ता प्रक्रिया अगाढि बढाएस“गै आईएमईआई दर्ता नभएका मोबाइल प्रयोगमा नआउने बनाउन लागेको प्राधिकरणले जनाएको छ ।

मोबाइल सेट तथा डिभाइसको पहिचान नम्बर यसअघि प्राधिकरणले म्यानुअल प्रणालीमा मात्र दर्ता गर्ने व्यवस्था रहेको भन्दै अब पूर्णरुपमा अनलाइनमार्फत दर्ता गर्न लागेको हो ।

युनिक आइडेन्टिफाई नम्बर मोबाइल फोन आयातकर्ता, प्रयोगकर्तालगायतले दर्ता गर्ने गरेका छन् । नेपालमा आयात तथा बिक्री बितरण हुने मोबाइल सेट तथा डिभाइसलाई प्राधिकरणमा अनिवार्यरुपमा दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्राधिकरणले यो प्रणाली कार्यान्वयनयनमा आएस“गै मोबाइल प्रयोगकर्ताले अनलाइन प्रणालीबाट नै आफ्नो मोबाइल फोनको आईएमईआई दर्ता गराउन सक्ने छन् । प्राधिकरणले पूर्णरुपमा अनलाइन प्रणालीमा स्वचालित प्रणालीमा लगेर आईएमईआई दर्तालाई अनलाइनमार्फत शुरु गरेको जानकारी दिएको छ ।

यसरी अनलाइन प्रणाली आईएमईआई दर्ता भए पनि अन्तिम स्वीकृति भने प्राधिरणले नै गर्नेछ । यसअघि मोबाइल कम्पनीहरुले कागजी प्रक्रिया पूरा गरेर प्राधिकरणमा कागजात लगेर भेरिफिकेसनको लागि दर्ता हुने गरेको थियो । २०७३ सालमा मात्रै प्राधिकरणले ९९ लाख ९८ हजार ८ सय २६ आईएमईआई नम्बर दर्ता भएको जनाएको छ । २०७४ सालमा अनलाइनमार्फत ६६ हजार र अफलाइनमार्फत ९५ लाख व्यापारिकले ल्याएर दर्ता गरेका थिए ।
व्यक्तिगतमा ५ सय र व्यावसायिकलाई ७ सय रुपिया“ शुल्क तोकिएको छ ।

२०७५ सालमा हालसम्म ७० लाखभन्दा बढी दर्ता भएका छन् । हरेक मोबाइलमा हुने १५ देखि १७ अंकबाट मोवाइलको पहिचान गरिन्छ ।
नेपालमा मासिक ५ लाखभन्दा बढी मोबाइल आयात ह“ुदै आएको नेपाल मोबाइल बिक्रेता संघले जनाएको छ । नेपालमा आयात हुने गरेको अधिकांश मोबाइल सेटमा २ वटासम्म आईएमईआई नम्बर हुन्छ, यो दुवै आईएमईआई नम्बर प्राधिकरणले दर्ता गदै आएको छ । अनलाइन प्रणालीबाटै आईएमईआई दर्ता प्रक्रियाले बाह्यमुलुकबाट अनाधिकृत रुपमा भएको मोबाइल आयातलाई नियन्त्रण हुने र आधिकारिक रूपमा मात्र मोबाइल आयातलाई सहयोग पुग्ने प्राधिकरणको दाबी रहेको छ ।

हाल नेपालमा विदेशबाट ठूलो परिमाणमा व्यक्तिगत रुपमा मोबाइल आयात हुने गरेको छ । जसबाट राजस्व चुहावट हुनुका साथै अपराधिक गतिविधि पनि हुने गरेको छ । आईएमईआई भएको खण्डमा मोबाइल चोरी भए ‘ट्रयाक’ गर्न सजिलो हुने प्राधिकरणले जनाएको छ । यसबाट नेपालमा बार्षिक कति मोबाइल आयात हुन्छ भन्ने तथ्यांक समेत आउने छ ।

आर्थिक वर्ष २०७३÷७४ मा करिब २३ अर्ब रुपिया“का मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये ६० लाख वटा मोबाइल सेट भन्सार हु“दै नेपाल भित्रिीको छ । त्यस्तै २०७४÷७५ मा ६२ लाख २४ हजार थान मोबाइल सेट आयात भएको छ । जुन २४ अर्ब ८८ करोड रुपिया“ बराबरको रहेको विभागले जनाएको छ । अन्य प्रयोजनबाट पनि उल्लेख्य मात्रामा नेपालमा मोबाइल सेट भित्रिने गरेको पाइन्छ ।यसबाट सरकारको राजस्वमा संकलन भने करिब ३ अर्ब ३९ करोड रुपिया“ आम्दानी गरेको छ ।