भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने


काठमाडौं, सरकारले नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ।

आइतबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले यस्तै निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिुभयो ।

झाडापखाला, बान्ता आउने र रक्तचापसम्बन्धी समस्याका कारण दुई सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत उनको शुक्रबार ९३ वर्षको उमेरमा निधन भएको थियो ।

वि.सं.२०४६ को जनआन्दोलनपछि तत्कालीन संसदमा अश्वघोष तत्कालीन नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो ।

वि.स.२०५१ सालमा लुम्बिनी विकास कोषको उपाध्यक्ष भएपछि अश्वघोषले बुद्ध जन्म स्थलमा आवश्यक सुधार र गुरुयोजना कार्यान्वयनका लागि योगदान पुर्याउनुभएको थियो । उहाँका  झण्डै डेढ सय बुद्ध धर्म र दर्शनसँग सम्बन्धित पुस्तक प्रकाशित छन्।