समाचार प्रभाव: कुष्ठरोगी तुलसालाई राहत आउन सुरु


नेपाल समचारपत्र, रुकुम ।

कुष्ठ रोगका कारण ५० बर्षदेखी गोठमै बस्दै आउनुभएकी रुकुम पश्चिम बाँफिकोट गाँउपालिका ३ डार्ने खोलाकी तुलसा के.सीलाई सहयोग जुट्न थालेको छ ।

५० बर्षदेखी गोठकै बास शिर्षकको समाचार नेपालसमाचार पत्रमा प्रकाशन र नेपाल टेलिभिजनमा प्रशारण भएपछि राहत आउन थालेको छ । नेपाल टेलिभिजनमा शुक्रबार बिहान ७ बजेदेखी दिनभर प्रशारण भएको थियो भने नेपालसमाचार पत्रमा शनिबार पहिलो पेजमा प्रकाशन भएको थियो ।

सो समाचार प्रशारण÷प्रकाशन भएपछि अमेरिका बस्दै आउनुभएका रुकुम पश्चिम बाँफिकोट गाँउपालिका ३ का राकेश देवकोटाले १० हजार नेपाली रुपैंया पठाउनुभएको छ । संवाददाता धनवीर दाहाल मार्फत बिरामी तुलसा के.सीलाई प्रदान गर्नका लागी रकम पठाइएको राकेशले बताउनुभयो ।

उहाँले अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गर्न इच्छा गरेकोले सहयोग रकम जुट्ने संभावना रहेकोे जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा सेवा गर्ने रुची भएको र अझै पनि सहयोग गर्ने प्रतिबद्धता राकेशले जनाउनुभयो ।