दाल भात तरकारी युनिट शहर डुल्दै

0
Shares

नयाँ वर्षको अवसर पारेर आगामी वैशाख २० गते रिलिजमा आउने फिल्म दाल भात तरकारीको युनिटले मोफसल टुर गर्ने भएको छ। युनिटले दाल भात तरकारी बारे बुझाउन मोफसलका शहरमा टुर गर्न लागेको शुक्रबार राधानीमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ।

अघिल्लोपटक शत्रु गतेमा झैं फिल्म युनिटले मोफसलका मुख्य शहरमा पुगेर फिल्मका बारेमा दर्शक तथा सञ्चारकर्मीलाई जानकारी गराउनेछ। मह सञ्चारको ब्यानरमा किरण केसीको प्रस्तुति रहेको फिल्म सार्वजनिक गीत–संगीतका कारण चर्चामा छ। आज आइतवार टुरमा निस्किने युनिटले भोलि सोमबार विर्तामोड, चैत्र २६ गते दमक, २७ गते इटहरी, २८ गते हेटौंडा, २९ गते चितवन, ३० गते वुटवल, वैशाख १ गते नेपालगन्ज, २ गते दाङ र ४ गते पोखरामा कन्सर्ट तथा विभिन्न प्रस्तुति प्रस्तुत गर्नेछ।

‘दर्शकस“ग प्रत्यक्षरूपमा बुझी फिल्मका बारेमा जानकारी गराउने उद्देश्यले कन्सर्ट गर्न लागिएको हो’, किरणले भने– ‘हामी दर्शकलाई एक किसिमले फिल्म हेर्ने निम्तो दिने तयारीमा छौं।’ दाल भात तरकारी यात्रामा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आ“चल शर्मा, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाललगायत सहभागी हुनेछन्।

किरणकै पुत्र सूदन केसीको डेब्यु निर्देशनमा बनेको फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका छन्। निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सनविक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन्। मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका छन्। यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायत निर्माता छन्।