सीमावर्ती क्षेत्रमा आँधी आउने भारतीय मन्त्रालयको दाबी (विज्ञप्ति)

0
Shares

काठमाडौं । भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघण्टा गतिमा आँधीबेहरी आउने सम्भावना भएको जनाएको हो ।

सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो ।