फरहानको फोटोले हंगामा

0
Shares

मुम्बई । बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तरको प्रेमिका सिवानी डान्डेकरसँगको फोटो बाहिरिएसँगै निकै चर्चा भएको छ । समुद्री किनारमा रोमान्स गरिरहेको यो जोडीका दुईको तस्बिरले बलिउडमा हंगामा मच्चाइरहेको छ ।

उनीहरू यतिवेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् । फरहान अहिले सिवानीसँगको प्रेममा मस्त छन् । फरहानको जन्मदिनको छेको पारेर उनीहरू समुद्री तटमा रोमान्स गर्न पुगेका थिए ।

उनीहरूले रमाइलो मात्र गरेनन्, सामाजिक सञ्जालमा तस्बिर समेत शेयर गरे । तस्बिरमा निकै रोमान्टिक मुडमा देखिएका उनीहरूको प्रेमको छाल र समुन्द्री पानीको छालको लय उस्तै थियो । यो तस्बिर बाहिरिएलगत्तै उनीहरू गहिरो प्रेमसम्बन्धमा रहेको भारतीय स१चारमाध्यमले जनाएका छन् । अभिनेता फरहान पत्नीसँग डिभोर्स गरेर प्रेमिका सिवानीसँग बिहे गर्ने तयारीमा छन् ।