साहित्यकार मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा सुधार

0
Shares

काठमाडौं । साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । शनिबार काठमाडौंबाट बुटवल जाने क्रममा उनलाई हृदयघात भएको हो।

उनको शनिबार शल्यक्रिया गरी सीसीयूमा उपचार भइरहेको र स्वास्थ्य अवस्थामा सुधार आएको उनको छोरा विजय पौडेलले जानकारी दिएका छन ।

७८ वर्षीय प्रश्रितलाई काठमाण्डौबाट–बुटवल जाने क्रममा हृदयघात भएपछि ललितपुरको भैँसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

धादिङ पुग्दा उनलाई उनलाई हृदयघात भएपछि काठमाडौं फकाईएको थियो । प्रश्रितको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको र हाल उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।