अमेरीका चीन ब्यापार युद्ध अन्त्य गर्ने सम्झौताको नजिक


बेइजिंग (एजेन्सी)
अमेरिका र चीनबीच सन् २०१८ मा शुरु भएको ब्यापार युद्ध अन्त्य हुने संकेत आइरहेको छ । दुबै देश उक्त अनिश्चित कालसम्म लम्बिन सक्ने युद्ध समाप्त पार्ने संघारमा पुगेको बताइएको छ ।

दुई आर्थिक महासक्तीबीचको विद्यमान ब्यापार युद्ध रोक्न गत डिसेम्बरमा बनेको आपसी सहमति कार्यान्वयनमा ल्याउन यी दुबै देश वार्ता गरिरहेका छन् ।

अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले चीनसँगको ब्यापारमा रहेका केही अत्यन्त जटिल मुद्दाहरुमा अमेरिकाको सहमति बनेको बताएका छन् ।

उनले आगामी ४ हप्तमा यो सम्झौता हुन सक्ने तर केही बाधा अझै रहेको पनि बताए । चीनले पनि सकारात्मक प्रतिक्रिया दिएको छ । चीनका राष्टपति सी जिनपिंगले यस मुद्दामा ठोस प्रगती भइरहेको विषयमा चर्चा गरेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

विश्व अर्थब्यवस्थालाई प्रभावित गरिरहेको अमेरिका चीन ब्यापार युद्ध सल्टाउन दुई देशबीच डिसेम्बर देखि कयौं चरणमा वार्ता भइरहेका छन् ।
ट्र्म्पले भने, चीनसँगको अत्यन्त जटिल मुद्दामा हामीले केही मार्ग खोजेका छौं ।

सहमति भएमा शिखर सम्मेलन हुन्छ: ट्र्म्प

चीनका उपप्रधानमन्त्री लियु हीसँगको वार्ता अगाडी ट्र्म्पले ह्वाइट हाउसमा उक्त कुरा राखेका हुन् । यदि कुनै सम्झौता भयो भने आफुले चिनियाँ राष्टपति सीसँग एक शिखर सम्मेलन पनि गर्ने अमेरिकी राष्ट्र्पतिले बताए ।
उनले भने ( यो एक ऐतिहासिक सहमति हुनेछ, यदि भयो भने । यो सहमति हुन सक्ने सम्भावना धेरै छ ।

विगत केही हप्तादेखि जुन मुद्दामा दुई देशबीच वार्ता भइरहेको हो त्यसमा एक अर्कालाई लगाएका ब्यापार शुल्क यथासक्य चाँदै फिर्ता लिनु अहं मानिएकोछ । तर ट्र्म्पले यसमा केहीलाई कायम राख्नु पर्ने सुझाव दिएका छन् । उनले भने ( यदि यो सम्झौता नहुने हो भने चीनसँग पहिलाको जस्तो ब्यापार गर्न अमेरिकाका लागि कठिन हुनेछ ।


विश्वका दुई सबैभन्दा ठुला अर्थब्यवस्थाले गत बर्ष एक अर्का विरुद्ध अर्बौं डरलको आयातमा अतिरिक्त शुल्क लगाएका थिए ।

डिसेम्बरमा दुबै देशले यस मुद्दालाई सल्टाउन वार्ता थालेका थिए र त्यसकै प्रतिफल स्वरुप अहिले यसमा महत्वपुर्ण सहमति बन्ने सम्भावना देखिएको हो ।
यदी दुई देशबीच कुनै सम्झौतामा हुन सकेन भने अमेरिकाले चीनबाट आउने २ खर्ब डलरको उत्पादनमा १० प्रतिशत लाग्दै आएको भन्सार शुल्कलाई दुई गुणासम्म बृद्धी गर्न सक्छ र अन्य कयौं उत्पादनमा नयाँ अतिरिक्त कर लगाउने छ ।

ट्र्म्पले यसअघि पनि अमेरिका आयात हुन सबै चिनियाँ उत्पादनमा अतिरिक्त कर लगाउने धम्की दिएका थिए । अहिलेसम्म चीनबाट भित्रिने २ खर्ब ५० अर्ब डलर मुल्यको उत्पादनमा अमेरिकाले शुल्क लगाएको छ । चीनले पनि जवाफी कारवाही अन्तर्गत अमेरिकाबाट आयात हुने १ खर्ब १० अर्ब डलरको सामानमा अतिरिक्त शुल्क लगाएको छ ।

यो नोक्सानदायी ब्यापार युद्धले विश्व ब्यापार र विश्वको अर्थब्यवस्थामा असर पार्ने पुर्ण सम्भावना रहेको अर्थविदहरुले आंकलन गरिरहेका छन् ।