पत्ति टिप्ने बेलामा चिया मजदूरको आन्दोलन

0
Shares

गणेश घिमिरे, इलाम
चिया उद्योग–प्रतिष्ठानले न्यूनतम् ज्याला र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेको भन्दै इलामसहित पूर्वका श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । चियाको पहिलो टिपाई शुरू भएसं“गै श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।
श्रमिकको आन्दोलनले वर्षभरकै उत्कृष्ट गुणस्तरको चिया उत्पादन पहिलो टिपाई (फस्ट फ्लस) नष्ट हुने अवस्थामा पुगेको छ । जसबाट करोडौं रुपिया“बराबरको हरियो पत्ति नष्ट हु“दैछ । आन्दोलन चर्काउ“दै लगेपछि श्रमिकले बगान र कारखाना ठप्प पारेका छन् । जसबाट चियाको मुना हुर्किएर जाने भएको छ ।

पूर्वका चिया श्रमिकले आफू कार्यरत चिया प्रतिष्ठान बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले बगानको हरियो पत्ति टिप्न छाडेका छन् भने कारखानाहरू बन्द गराएका छन् । श्रमिकले काम छाडेपछि हरियो चिया नष्ट भएर जान थालेको कन्याम चिया प्रशोधन कारखानाले जनाएको छ । उच्च गुणस्तर हुने भएकाले सबैभन्दा बढी मूल्यमा बिक्ने चिया थोरै नष्ट भए पनि बढी मूल्यको घाटा हुने उद्योगीको भनाइ छ ।

आन्दोलनका कारण विशेषगरी ठूलो परिमाणको चिया उत्पादन हुने झापा र इलामका उद्योग–बगान बन्द छन् । कन्याम चिया प्रशोधन कारखानाका प्रबन्धक रजनीश मुदालियारले आन्दोलनका कारण उद्योग र बगान ठप्प बनेको बताउनुभयो ।

श्रमिकले आन्दोलन घोषणा गरेपछि उद्योगहरूले किसानलाई हरियो चिया नल्याउन सूचना गरेका छन् । श्रमिकको आन्दोलनले उद्योगलाई मात्र नभएर किसान पनि सबैभन्दा बढी मारमा परेका छन् । कन्यामका कृषक केदार ढकालका अनुसार फस्ट फ्लसको पत्ति मह“गो मूल्यमा बिक्ने मात्र होइन, फस्ट फ्लस टिप्न ढिलो भए वर्षभर नै चियामा मुना पलाउन ढिलो हुन्छ । यसबाट किसानलाई लाखौं घाटा हुने उहा“को भनाइ छ ।

उद्योग नचलेपछि किसानको बगानको हरियो चिया नष्ट भइरहेको छ । सिजन शुरु भएपछि हरियो चियापत्ति चिसो ठाउरमा बढीमा सात दिन र अलि सुख्खा ठाउ“मा ९ दिनसम्ममा पत्ति टिप्नुपर्ने हुन्छ । तर, श्रमिकले फस्ट फ्लसकै बेला चिया नटिपेपछि वर्षभरलाई हरियो पत्ति पलाउनै ढिलो हुने किसान बताउ“छन् ।

फस्ट फ्लस हुर्किएर गएपछि चियाको गुणस्तर र उत्पादन दुवै घटेर जाने उद्योगीहरु ब्ताउ“छन् । श्रमिकहरुले न्यूनतम् ज्याला कार्यान्वयन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गरेका छन् । केही निजी उद्योगले श्रमिकलाई न्यूनतम् ज्याला दिए पनि सरकारी चिया कारखाना र बगानकै श्रमिक भने न्यूनतम् ज्यालामा ठगिएका छन् ।

सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपिया“ तोकेको छ । तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपिया“ मात्र पाइरहेका छन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपिया“ तोकिएको छ । तर, त्यो पनि कार्यान्वयन भएको छैन । ज्याला कार्यान्वयनको दबाब दि“दै नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले आन्दोलन चर्काएका हुन् ।

सरकारले उद्योगहरूलाई सुविधा नदिएकाले न्यूनतम् ज्याला कार्यान्वयनमा समस्या रहेको उद्योगीहरू बताउ“दै आएका छन् । गत साउन ३१ नया“ ज्यालादर निर्धारण गर्नुअघि २०७३ सालमा सरकारले चिया बगानमा काम गर्ने श्रमिकलाई दैनिक २ सय ७८ र कारखानामा काम गर्नेलाई ३ सय ८ रुपिया“ ज्याला तोकेको थियो ।

यो निर्णय निजी उद्योगले कार्यान्वयन गरे पनि सरकारी बगान र उद्योगमा कार्यान्वयन भएन । गत साउनमा तोकेको मात्र नभई त्यसअघि २०७३ सालमा तोकिएको न्यूनतम् ज्यालासमेत आफूहरूलाई नदिएको श्रमिक बताउ“छन् । साउनअघि पनि दैनिक ज्याला ३ सय ८ रुपिया“ पाउनुपर्नेमा २ सय ७९ र २ सय ७८ रुपिया“ पाउनुपर्नेमा २ सय ६५ रुपिया“मात्रै दिइएको थियो । न्यूनतम् पारिश्रमिक मात्र नभई श्रमिकले श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५ र सामाजिक सुरक्षा ऐन लागू गर्न माग राखेका छन् ।

ऐनमा श्रमिकको नियुक्तिपत्र, बीमा, बिदा सुविधा, औषधिपचारलगायतको व्यवस्था छ । १ वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलववृद्धि पाउने ऐनमा उल्लेख छ । आफ्नो धर्म–संस्कृति तथा परम्परा अनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको १ महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ ।

नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करारलगायतको व्यवस्थासमेत गरेको छ ।