राजकुमार ≈यारीका विशेष प्रशंसक वृद्धाको निधन


सिडनी, (एजेन्सी)
सम्भवत बेलायती शाही परिवारको अस्ट्रेलियाकै सबैभन्दा ठूलो प्रशंसक मानिने १ वृद्धाको ९९ वर्षको उमेरमा निधन भएको छ। बेलायतका राजकुमार ≈यारी र उनकी पत्नी मेगानबाट आफ्नो जन्मदिनको उपलक्ष्यमा शुभकामना कार्ड पाएको केही दिनपछि नै उनको निधन भएको सरकारी अधिकारीहरूले बताएका छन्।

डाफ्ने डुन्नेले शान्तपूर्वक सोमबार प्राण त्यागेको उनको परिवारले जनाएको छ। ≈यारीको अस्ट्रेलिया भ्रमणको दौरान उनी सञ्चार माध्यममा निकै छाएकी थिइन्। केही वर्षयता उनको ≈यारीसंग भेटघाटको क्रममा खिचिएका थुपै्र तस्वीर इन्स्टाग्राममा देखिएका थिए। बिधवा डुन्नेले आफ्नो राजकुमार ≈यारीसंग अभिन्न मित्रता रहेको बताउने गर्दथिन्। ≈यारीले उनलाई जन्मदिनमा पठाएको कार्डमा यस्तो लेखिएको थियो, ‘प्रिय डाफ्ने, मेरी पत्नी र मैले शुक्रबारमा पर्ने तपाईंको ९९औं जन्मदिनको उपलक्ष्यमा तपाईंलाई न्यानो शुभकामना पठाएका छौं।’ ड्युक र डचेस अफ सस्सेक्सले कार्डमा हस्ताक्षर पनि गरेको अस्ट्रेलियाली संचार माध्यमले जनाएको छ। अस्ट्रेलिया संघीय संसदीय संवैधानिक राजतन्त्रात्मक मुलुक हो।

यसको अध्यक्ष महारनी एलिजावेथ द्वितीया रहेकी छिन्। उनको सन् २०१५ मा इन्स्टाग्राममा पोस्ट गरिएको ≈यारीसंग बसेको एउटा तस्वीरको क्याप्सन यस्तो रहेको छ, ‘पहिलोपटक हाम्रा आँखा जुधेदेखि नै मलाई यो कुनै धेरै विशेष चीजको शुरुआत भएको जस्तो लागेको थियो।’

सन् २०१८ मा राजकुमारी ≈यारी र राजकुमारी मेघानको अस्ट्रेलिया भ्रमणको दौरान उनी स्वागत गर्न भिडमाँझ सडकछेउ उभिएकी थिइन्। उनलाई शाही दम्पतीले न्यानो अभिवादन गरेका थिए। नव विवाहित दम्पतीबारे ती वृद्धाले यसरी टिप्पणी गरेकी थिइन्– ‘मेघान राजकुमारले चाहेकैजस्तै महिला हुन्।’