मिस नेपालमा ‘मोडल’को खोजी की ‘रोल मोडल’को ?

0
Shares

के मेकअपले सुन्दर हुनेका लाग मात्रै होर मिस नेपाल ?

काठमाडाैं ।  मिस नेपालमा सहभागी हुन बिना मेकअप पुगेकी ललितपुरकी अस्मिता महर्जनको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमकी ‘जज’ रचना गुरुङ शर्माले उनलाई मेकअप बिना अडिसनमा आएर कार्यक्रमको अनादर गरेको भन्दै गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

उक्त घटना पछि मिस नेपाललाई महिलाको रुप बेच्ने कारखाना भन्दै कतिपय महिलाले नै विरोध गर्ने गर्छन् । यतिबेला भने मिस नेपाल अर्कै कारणले चर्चामा आएकाे हाे । कारण हो, मिस नेपालमा सोधिएको एउटा प्रश्न ।

सामाजिक सञ्जाल फेसबूकमा डाक्टर कल्याणले आफ्नो फेसबूक पेजमा एउटा भिडियो सार्वजनिक गरेर लेखेका छन -‘मिस नेपाल अडिसन, यो क्लिप हेरेर मनमा आएको कुरा तल लेख्नुहोला ।’  डाक्टर कल्याणले आफ्नो फेसबूक पेजमा राखेकाे भिडियोमा आएकाे प्रतिकृया हेर्न यहाँ क्लिक गर्नुहाेस ।

खासमा क्लिपमा के छ ?

प्रतियोगीले आफ्नो परिचय दिन्छिन् – ‘मैले ब्याचलर डिग्रीमा कम्युटर इन्जिनियरिङ गरिरहेकी छु । म अहिले सेभेन्थ सेमेस्टरमा पढिरहेकी छु ।’

मिस नेपालकी सहभागी अस्मिता महर्जनलाई लगत्तै निर्णायक रचना गुरुङले प्रश्न सोध्छिन् – ‘तिमीले किन मेकअप नगरी आयौ ?’

प्रतियोगीले इमान्दारपूर्वक मुस्कुराउँदै भन्छिन् – ‘वास्तवमा मलाई मेकअप गर्न नै आउँदैन ।’

निर्णायकले रुखो आवाजमा अर्को प्रश्न गर्छिन् – ‘मेकअप गर्न नआउने भए किन मिस नेपालमा आएको ? अहिलेको एक्काइसौँ शताब्दीमा मेकअप नै गर्न नआउने मान्छे मिस नेपालमा भाग लिन आएर ‘मिस नेपाल’को गरिमालाई कमजोर बनाउन खोजेको ?’

प्रतियोगीले उत्तर दिन्छिन् – ‘म सिक्नेछु ।’

निर्णायकले अन्तिम निर्णय सुनाउँदै भन्छिन् – ‘तिमी सिकेर आऊ । तिमीले मिस नेपालको प्लेटफर्मलाई अनादर गर्‍यौ ।’

सहभागीले चुपचाप मुस्कुराएर नै यो सबथोक बेहोर्छिन् ।

त्यसपछि निर्णायकको प्रश्न प्रतियोगीको खुबीमा होइन कि, आँखामा लगाएको चश्मातिर ढल्किन्छ । उनले सोध्छिन् – ‘तपाईंको आँखामा लगाएको चश्माको पावर कति हो ?’

प्रतियोगीले उत्तर दिन्छिन् – ‘- ५ ।’

निर्णायकले अर्को प्रश्नको झटारो हान्छिन् – ‘तपाईं कन्ट्याक लेन्स प्रयोग गर्नुहुन्छ ?’

प्रतियोगीले भन्छिन् – ‘गर्छु ।’

फेरि निर्णायकको प्रश्न आउँछ – ‘किन नलगाएको त ?’

प्रतियोगीले जवाफ दिन्छिन् – ‘म स्कुटीमा आउनुपर्ने थियो । र, काठमाडौंमा धूलो बढी हुने कारणले चश्मा प्रयोग गरेकी हुँ ।’

 

हेर्नुहोस भिडियो

https://youtu.be/LSZFjF-S_Fs

यो भिडियो क्लिप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले मेकअपलाई मिस नेपालमा अनिवार्य बनाएको र मेकअप गर्न नजान्ने सुन्दरीहरुलाई अपमान गरेको भन्दै विरोध गरिरहेका छन् ।

भिडियोमा कतिले निर्णायकका तर्फबाट मेकअपलाई लिएर प्रश्न सोध्ने रचना गुरुङ शर्माको विरोध गरेका छन् । कतिपयले मेकअप गरेकी रचनाभन्दा प्रतियोगी नै ‘राम्री’ देखिएको भन्दै निर्णायकको मजाक उडाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा मेकअप नगरेर मिस नेपाललाई अनादर गरेको आरोप समेत लगाइएको छ । भिडियो फुटेज सार्वजनिक भएपछि मेकअपलाई नभएर बौद्धिकतालाई सम्मान गर्नुपर्ने धारणा धेरैको छ । उक्त भिडियो फुटेजलाई लिएर सामाजिक सञ्जालमा युवापुस्ताकाे निरन्तर विरोध भइरहेको छ ।

अहिले सामाजिक संजालमा उनलाई दर्शकले गालीको बर्षा नै दिएका छन् । अश्मितालाई भने बिना मेकअप नै राम्री देखिएको भदै तारिफ गरेका छन् । तिनै सहभागी महर्जन अब प्रतियोगिताको अघिल्लो चरणमा पुगेकी छन्। एक फेसबुक पोस्ट मार्फत उनले यसबारे जानकारी गराइन् । उनले केहि समय अघि मात्रै ‘रोड टु मिस नेपाल २०१९’ भन्दै एक फेसबुक पोस्ट गरेकी थिइन् ।

यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि मिस नेपाल २०१८ शृङ्खला खतिवडाले ट्वीटरमा आफ्नो बिना मेकअपको फोटो पोष्ट गरेकी छन् । उनको यो पोष्टले सुन्दर हुनलाई मेकअप गर्नै पर्छ भन्ने गुरुङको तर्कलाई बलियो जवाफ दिएको छ । शृङ्खलाले आफ्नो फोटोसँगै लेखेकी छन्, ‘नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर’ ।

यसलाइ लिएर विभिन्न क्षेत्रबाट जनमत लिने काम भइरहेकाे छ । https://www.change.org मा आएकाे जनमत हेर्न यहाँ क्लीक गर्नुहाेस

त्यहाँ भनिएकाे छ ‘Rachana Gurung Sharma, one of the panel judges in the Miss Nepal pageant, completely berates an auditionee for not wearing makeup and wearing glasses instead of contact lenses. We can’t have entitled individuals like Ms. Sharma on the panel defining what Nepali beauty is and bullying contestants based on their appearance. She is promoting a false sense of beauty and is completely out of touch with every-day Nepali citizens. Specifically, the fact that the contestant had to ride a bike, a common mode of transport for Nepali citizens, and to avoid pollution she couldn’t wear contact lenses.

Rachana Gurung Sharma should publicly apologize to the contestant member and resign immediately as a judge on the Miss Nepal pageant. If she chooses to do otherwise, then the major sponsors: Yamaha Nepal, Ruslan FM 95.2, Livon, Thai Airways, Hyundai Nepal, etc. should re-evaluate their relationship with the Miss Nepal pageant and completely end their sponsorship deals. I am calling on all Nepali citizens to completely boycott Miss Nepal and start a social media campaign to raise awareness about this issue until appropriate changes take place.’

भिडियाे सार्वजनिक भएपछि उक्त भिडियाेलाइ लिएर समाजिक सञ्जालमा विभिन्न प्रतिकृया आएका छन । केही प्रतिकृया हेर्नुहाेस ।