काठमाडौं । नेपाली सेनाले उपरथी गौरव तण्डुललाई रथी बढुवाका लागि सिफारिस गरेको छ।
सेनाका दुई रथीमध्येको शक्तिशाली मानिने बलाधिकृत रथी हेमन्तराज कुँवर आगामी वैशाख ११ मा उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएकाले उनको ठाउँमा रथी बढुवाको सिफारिस गरिएको हो। सेनामा रथीको उमेर हद ५८ वर्ष रहेको छ । अवकास हुन् १५ दिन अघि नै विदामा वस्नुपर्ने सैनिक परम्पराअनुसार कुँवर यही चैत २८ मा विदामा बस्ने तयारीमा छन्।
कुँवरको ठाउँमा बढुवाका लागि तण्डुलसँगै पर्शुराम शर्मा लाइनमा रहेपनि तण्डुलले बाजी मारेका हुन। रथी भावी प्रधानसेनापतिको लाइनमा रहने भएकाले पनि सेनाको यो पदको बढुवालाई निकै महत्वका साथ हेरिन्छ।
प्रधानसेनापति थापाले हालका रथी शरद गिरीको एक वर्ष पदावधि थप नगरेमा उनी रथीबाटै अवकास पाउनेछन्। नेपाली सेनाबाट रथीका लागि सिफारिस भएपनि मन्त्रिपरिषद्बाट नियुक्त हुन बाँकी नै छ। उपरथीमा बढुवा सिफारिस भएका तण्डुल पनि अबकाे एक वर्षमा अनिवार्य अवकाश पाउँदैछन्।
प्रतिक्रिया