ट्रकले भ्यानलाई ठक्कर दिँदा घटनास्थलमै दुई जनाको ज्यान गयो


नेपाल समाचारपत्र, काठमाडौं ।
सातदोबाटो हुँदै बल्खुतिर गइरहेको ट्रकले विपरित दिशाबाट आइरहेको भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।

शुक्रबार अपरान्ह जनक शिक्षा सामग्री केन्द्रको किताब बोकेको काठमाडौं ठक्कर दिँदा भ्यानमा सवार दोलखा ठूलो पातलका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी डोल्मा शेर्पाको मृत्यु भएको छ।

नयाँबाटोमा विपरीत दिशाबाट आइरहेको स्कुटरलाई जोगाउन खोज्दा १ घ ५३३ नम्बर ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

स्कुटरलाई भने केही नभएको प्रत्यक्षदर्शीले बताएका छन्।