चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा भेटिए


चितवन । चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन् ।

भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी एकै स्थानमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, १२ वर्षीया छोरी विनिता मगर र अन्दाजी १२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन ।

आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।