हिउँपहिरोमा परी ५ दिनदेखि ३ जना तीर्थयात्री बेपत्ता, घटनास्थल जान नसकिने प्रहरीको जिकिर


डोल्पा । गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएको पाइएको छ ।

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् ।

पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू भएको छैन ।

हिउँ परेको बेला क्रिष्टल माउन्टेन परिक्रमा गर्दा पुण्य कमाइन्छ भनेर गएका तीन जना १७ गतेदेखि हराइरहेका छन् ।

तर, उनीहरुलाई खोज्न सक्ने अवस्था नरहेको प्रहरीको जिकिर छ ।

डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थलसम्म पुग्न ६ दिन लाग्ने प्रहरीले बताएको छ ।