देशभरका अस्पतालमा सेवा ठप्प: सामूहिक राजीनामा दिने चिकित्सकको चेतावनी

0
Shares

काठमाडौँ । सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सकले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । चिकित्सकले माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजन भएकोमा असहमति जनाउँदै सरकारी चिकित्सक संघ ९गोदान०ले बुधबार डाकेको आकस्मिक बैठकले शुक्रबारदेखि सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

समायोजनका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरु नै चिकित्सकविहीन हुने अवस्था आएको भन्दै निर्णय सच्याउनु पर्ने गोदानको भनाइ छ ।