धोका दिएको भन्दै सडकमै प्रेमिकामाथि चक्कु प्रहार


काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा प्रेमिकाले धोका दिएको आशंकामा एक युवकले आफ्नै प्रेमिकाको ज्यान लिने कोसिस गरेका छन् ।

दिल्लीका युवकले प्रेमिकालाई सडकमै चक्कु प्रहार गरेका हुन् । युवकले प्रेमिकाको घाँटी काटिदिएका छन् । घाँटीको केहि भाग काटेपटि युवतीलाई अस्पताल पुर्याइएको छ । अहिले युवतीको अवस्था खतरामुक्त रहेको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ ।

घटनाको सबै दृश्य सँगै रहेको सिसिटिभी क्यामेरमा पनि कैद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिसिटिभी फुटेजमा दीपक नामका व्यक्तिले प्रेमिकालाई बाइकमा घुमाइरहेका हुन्छन् । केहीसमयपछि प्रेमिका बाइकबाट झरेर पैदल हिड्छिन् । तर पछिबाट बाइकमा आएका युवकले प्रेमिकाको गर्धनमा चक्कुले प्रहार गर्छन् । चक्कु प्रहारलगत्तै युवती सडकमा लड्छिन् ।

दीपकलाई आफ्नी प्रेमिकाले धोका दिएको आशंका छ । पछिल्लो तीनवर्षदेखि प्रेममा रहेका उनीहरुमा केहि समयदेखि खटपट शुरु भएको थियो । दीपकले केहि सातादेखि प्रेमिकालाई शंका गर्न थालेका थिए ।