डडेलाले आधा दर्जन घरबार बिहीन

0
Shares

गणेश साम्पाङ, पाँचथर
पाँचथरको हिलीहाङ गाउँपालिका वडा न ३ पञ्चमीको डाडे टोलका छ परिवार एक हप्ता देखि घरबार बिहीन भएका छन ।

पाँचथरको बिभिन्न स्थानमा बन डडेलोबाट उम्केको आगो बस्तिमा पसे पछि यो महिना मात्र आठ बटा घर जलेर खरानी भयो । गत चैत २ गते पाँचथरको हिलीहाङ गाउँपालिकाको वडा न ३ मा जंगलबाट आएको आगो बस्तिमा पसे पछि छ वटा घर जलेर खरानी मात्र भएन घरबार बिहीन संगै लाखौं मुल्य बराबरको सम्पति समेत जलेर खरानी भयो ।

यस्तै चैत ९ गते पाँचथरकै फाल्गुनन्द गाउँपालिका वडा न २÷३ को मारुनी जंगलबाट आएको आगोले स्थानीय लाखमान तामाङ बीरबहादुर तामाङको घर खरानी भयो भने सन्त बहादुर तामाङको गाई गोठ समेत जल्यो । फागुन देखि बैशाख सम्मको समयमा बन डडेलोबाट उम्केको आगोले जिल्लामा आगलागीको घटना बड्न थालेको छ । गत बर्ष दुई बर्ष अघि मात्र पाँचथरको कुम्मायक गाउँपालिका वडा न ५ स्याबरुम्बामा बनबाट आएको आगो बस्तिमा पस्दा सात घर जलेर खरानी भयो । यस पटक पनि पाँचथरको दुई स्थानमा बनबाट आएको आगोले आठ घर खरानीमा परिणत भयो ।

बनमा लागेको डडेलो बस्तिमा आउँदा छ घर खरानी भयो हामी घरबार बिहीन भयौं कोही अर्काको घरमा कोही त्रिपाल मुनी बस्न थालेका छौं हाम्रो अबस्था नाजुक छ भएको घर आगोले खरानी बन्यो अब घर के पैसाले बनाउने आगलागि पिडीत हिलीहाङ ३ का मनप्रसाद पालुङवा बताउनु हुन्छ ।

पालुङवा जस्तै स्थानीय बेदमाया पौड्यालको पनि अबस्था नाजुक छ बन डडेलोले हर्कबहादुर पालङवा, डम्बरबहादुर पालुङवा धनप्रसाद पालुङवा,राजकुमार पालुङवाको घर जले पछि उनीहरु घरबार बिहीन बनेका हुन । डडेलोबाट उम्केको आगोले घर गोठ सबै जले जिउमा लगाएको लुगा बाहेक केही पनि बचेन हामीलाई घरबार बिहीन बनायो अब बसाई जाने की त्रिपालमा बस्ने पिडा ब्यक्त गर्नुहुन्छ बेदमाया भन्नुहुन्छ ।

बन डडेलोबाट पिडीत बनेको परिवारलाई गाउँपालिकाको तर्फबाट ३०÷३० हजार सहयोग र अरु सामाजिक संघ संस्था र ब्यक्ति बिशेष अन्य भौतिक सहयोग उपलब्ध गराइको भए पनि त्यो प्रयाप्त नभएको र अब गाउँपालिकाबाट घर बनाउन केही सहयोग दिनेकी भन्ने बिषयमा छलफल भइ रहेको हिलीहाङ गाउँपलिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन बताउनु हुन्छ ।

बन डडेलोले सालिन्दा गाउँघरमा ठूलो क्षति पु¥याउने गरेको छ बनको डडेलो बस्तिमा पसे पछि आगलगि हुने घटना सालिन्दा बढ्न थालेको छ दुई बर्ष अघि पाँचथरको कुम्मायक गाउँपालिका वडा न ५ स्याबरुम्बामा बन डडेलोबाट आएको आगोले ६ घर र केही गोठ जलेर खरानी बनेको थियो भने यस पटक आठ घर जलेको छ । जिल्लाको बिभिन्न स्थानमा रहेको ब्यक्तिगत तथा सामुदायिक बनहरुमा लाग्ने डढेलो बस्तिमा सल्केर आगलागीले ठूलो क्षति हुने गरेको घटना बढ्दै जानु दुखपुर्ण हो ।

बनमा आगो लगाउने दोषीलाई कारबाही गर्न सकिने कानूनी ब्यबस्था बन बनऐन २०४९ मा भए पनि अहिले सम्म जिल्लामा कसैलाई कानुनी कारबाही नगरिएको हुनाले पनि बनमा डडेलो लगाउने कार्य बढी रहेको डिभिजन बनकार्यालय पाँचथरका प्रमुख मेघराज राई बताउनु हुन्छ । अन्य जिल्लामा बन डडेलो लगाउने ब्यक्तिलाई कारबाही भएको उदाहरण भए पनि पाँचथरमा अहिले सम्म नभएको रहेछ । यस कारण पनि आगो लगाउँदा के नै पो हुन्छर भन्ने बुझाईका कारण पनि बनमा डडेलो लगाउने मनोबृती बढेको हुन सक्छ एक जनालाई मात्र कारबाही गर्न सके मान्छेहरु हतोत्साही हुने थिए र यस्ता घटना कमि हुने थियो प्रमुख राई भन्नुहुन्छ ।

जब खडेरीको समय आउँछ अनि बन जंगलमा आगो लाग्ने घटनाहरु बढ्दै जान्छ बनमा लाग्ने आगोले महत्वपुर्ण जडीबुटी र बन्यजन्तुहरु नष्ट हुन्छ बन जंगल हाम्रो जीवन पनि हो । त्यसलाई बचाउनु हाम्रो कतब्र्य हो खास गरी बन डडेलो कम गर्न सचेतना नै प्रमुख उपाय हो जैबिक बिबिधता र संरक्षणमा कार्यरत संस्था दिपजोति युवा क्लबका पाँचथरमा कार्यकारी निर्देशक सुनिल बान्तावा भन्नुहुन्छ ।

फागुन देखि बैशाख महिना सम्म जिल्लाका भिभिन्न बनमा लागेको डडेलो बस्तिमा पसेर आगलागि हुने गरेको घटनाहरु बढेको छ । यो साल मात्र सात स्थानमा बन डडेलो लागेको र दुई स्थानमा भने बन डडेलोबाट उम्केको आगोले ८ वठा घर आधा दर्जन चौपाया र केही गोठहरु समेत जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्ता घटनालाई कम गर्न जनचेतना बढाउनु पर्ने र स्थानीय तहबाट बढी पहल गर्नु पर्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरिक्षक नरेन्द्र कुवर बताउनु हुन्छ ।

बनमा लागेको डडेलोले घर जलेको बनमा रुख बिरुवा मरेको हिसाब आउँछ तर बन डडेलोले जैबिक बिबिधता नष्ट गरेको र पर्यावरनिय क्षतिको भने हिसाब नै आउँदैन त्यो धेरै गुणा बढी क्षति हो सामुदायिक बन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देबिप्रसाद न्यौपाने बताउनु हुन्छ । सामुदायिक बनमा तथा अन्य बनमा आगो लगाउने ब्यक्तिहरु यदा कदा भेटिए पनि उनीहरुलाई राजनितिक दलहरुले चोख्याउने गरेको कारणले दोषी उम्कने गरेकोले पनि बन डडेलोको घटना बढेको न्यौपाने बताउनु हुन्छ । बन डडेलोबाट हुने क्षति घटाउन केही सामुदायिक बनहरुले फायर ग्याँस पनि किनेका भए पनि पहाडमा त्यति प्रभावकारी नभएको फायर ग्याँसले तराईतिर मात्र काम गर्ने हुदो रहेछ न्यौपाने बताउनु हुन्छ ।