लैंगिक अल्पसंख्यकको गुनासो: ‘समाजको थिचोमिचोे, राज्यको असमान व्यवहार’

0
Shares

रोशन पराजुली, हेटौंडा
प्रदेश–३ का लैंगिक अल्पसंख्यक तेस्रोलिंगीले यसअघि आफूले प्राप्त गरेको तेस्रोलिंगीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् । निलहीरा समाजले हेटौंडामा गरेको प्रदेशस्तरीय अन्तत्र्रिmयामा लैंगिक अल्पसंख्यक तेस्रोलिंगी आन्दोलनका अगुवाहरुले उक्त चेतावनी दिएका हुन् ।

कार्यक्रममा पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रोलिंगीले नागरिकता फिर्ता गर्नुपर्ने बाध्यता परेको जिकिर गरे । राज्य तेस्रोलिंगीहरुको अधिकारप्राप्तिका लागि गम्भीर नरहेको समाजले आरोप लगाएको छ । अन्तक्र्रिया गर्दै समाजले आफूहरुको अधिकार तथा सम्मानका लागि न समाज गम्भीर छ, न त राज्य नै रहेको समाजले आरोप लगाएको हो । तेस्रोलिंगीहरुको पहिचान खुलेपछि बाँच्न कठिन हुने गरेको उनीहरुले बताए ।

राजतन्त्र, गणतन्त्र, लोकतन्त्र र हाल संघीयतामा देश प्रवेश गरे पनि राज्यको तेस्रोलिंगीप्रति गर्ने व्यवहारमा कुनै परिवर्तन नआएको उनीहरुले गुनासो गरे । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्धामा भएको अन्तक्र्रियामा उनीहरुले नेपालको संविधानमा आफूहरुको अधिकार सुनिश्चित नभएको र आफूहरुले गुणको आधारमा नागरिकतासमेत नपाएको गुनासो गरे ।
उनीहरुले भने–मुलुक संघीय संरचनामा गए पनि केन्द्रदेखि स्थानीय तहसम्मको नीति तथा कार्यक्रममा हाम्रो अधिकारबारे चर्चासमेत गरिएको छैन, समाजले हामीमाथि थिचोमिचो ग¥यो, राज्यले पनि समान व्यवहार गर्न सकेन ।

तेस्रोलिंगीले आफू तेस्रोलिंगी भएकै कारण समाजमा मात्र नभएर परिवारबाट समेत अपहेलित भएको गुनासो गरे । समाजले यौनिक तथा लैंगिक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएको छ ।

कार्यक्रममा समाज केन्द्रीय अध्यक्ष पिंकी गुरुङले यसअघि देशभरका २ सय तेस्रोलिंगीले नागरिकतामा अन्य लिंग उल्लेख गरेर लिएको भए पनि हालका दिनमा नागरिकताका लागि झन् असहज हुँदै गएको बताइन् ।
संघीय संसद्ले नागरिकतामा तेस्रोलिंगी पहिचान उल्लेख गर्न निर्धारण गर्न लागेको केही शर्तहरुले लैंगिक अल्पसंख्यकको सवालमा साँघुरो सोच राखेको उनको आरोप छ । उनले फौजदारी तथा देवानी संहिताले तेस्रोलिंगीका अधिकार खुम्च्याएको उल्लेख गरिन् ।

संसद्ले पहिचान उल्लेखका लागि व्यक्तिले लिंग परिवर्तन गरेको हुनुपर्ने तथा चिकित्सकले तेस्रोलिंगी भएको प्रमाणित गर्नुपर्नेलगायत शर्त राखेर नागरिकता विधेयक ल्याउन लागेको जिकिर गरिन् ।

तेस्रोलिंगीको हकहितमा क्रियाशील फ्रेन्ड्स हेटौंडाका प्रमुख डियर किरणले तेस्रोलिंगी हुनु भनेको रोग नभएर महिला÷पुरुष भनेजस्तै छुट्टै लंैगिकता जनाउने भावना भएकाले तेस्रोलिंगीलाई हेर्ने दृष्टि र सोच सच्याउनुपर्ने उल्लेख गरे । सुरज थापाबाट डियर किरण बनेकी उनले तेस्रोलिंगी पनि महिला÷पुरुष जत्तिकै समाज र देशलाई योगदान दिनसक्ने नागरिक भएको बताइन् ।