ब्रेक्जिट गतिरोध: बेलायत अलग हुने समयसीमा बढाउने प्रस्ताव पारित


लन्डन (एजेन्सी)
युरोपेली युनियनबाट बेलायत अलग हुने ब्रेक्जिटलाई लिएर विद्यमान गतिरोध अन्त्य गर्न बेलायतको संसदले समयसिमा बढाउने विकल्प पारित गरेको छ ।

हाउस अफ कमन्सका सांसदहरुले मात्र १ मतको बहुमतले ब्रेक्जिटको समयसिमा बढाउने पक्षमा मतदान गरेका थिए । यसले बेलायती प्रधानमन्त्री टेरिजा मे युरोपेली संघसँग ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउने मागलाई लिएर बाध्य हुनु पर्ने छ । यस पारित प्रस्तावले बेलायतलाई बिना सम्झौता युरोपेली संघबाट अलग हुनु नपर्ने हुन सक्छ ।

बैठक र मतदानको ब्यस्तताका बीच प्रधानमन्त्री मेले विपक्षी लेबर पार्टिसँग यस मामिलामा गतिरोध समाप्त पार्न उपायका विषयमा छलफल गरेकी थिइन् ।

लेबर पार्टीका नेता र प्रतिपक्षी नेता जेरेमी कार्बिनसँगको भेटघातलाई प्रधानमन्त्रीको कार्यालयले सकारात्मक भएको जनाएको छ । तर विपक्षी नेता कार्विनले प्रधानमन्त्रीको नितिमा अपेक्षाकृत परिवर्तन नदेखिएको प्रतिक्रिया दिएका छन् ।

ब्रक्जिट सीमा बढाउने विषयमा लबेबर पार्टीका तर्फबाट प्रस्तुत गरिएको यस विधेयकलाई सांसदहरुले एकै दिनमा पारीत गरिदिए । तर कानुन बन्नका लागि भने यो हाउस अफ लडर््समा पनि पारित हुन आवश्यक छ ।यसपछि पनि यो मुद्दा युरोपेली संघमा निर्भर रहनेछ कि उ बे्रक्जिटको समयसीमा बढाउन तयार हुन्छ वा हुँदैन ।

यसैबिच प्रधानमन्त्रीको आफनै पार्टीमा विपक्षी पार्टीसँगको वार्तालाई लिएर कडा विरोध भएको छ ।