मस्जिद आक्रमणकारी विरुद्ध अदालतमा मुद्दा


क्राइस्टचर्च (एजेन्सी)
न्युजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा हमला गरेका आक्रमणकारी विरुद्ध ५० जनाको हत्याको आरोपमा मुद्दा चलेको छ । उनलाई यसैहप्ता अदालतमा पुन पेस गरिने बताइएको छ । न्युजिल्यान्ड प्रहरीले आक्रमणकारी ब्रेन्टेन टेरेन्टमाथि हत्याको एक मात्र आरोप लगाइएको बताएका थिए । तर शुक्रबार हुने पेसीमा हमलामा मारिएका सबै र घाइतेका सम्बन्धमा पनि उनीमाथि आरोप तय गरिने प्रहरीले जानकारी दिए ।
प्रहरी प्रवक्ताले भने– क्राइस्टचर्च आतंकवादी हमलाको आरोपमा गिरफ्तार गरिएका ब्यक्तीलाई शुक्रबार क्राइस्टचर्चको उच्च अदालतमा पेश गरेपछि उमाथि ५० जनाको हत्या र ३९ जनाको हत्या प्रयासको आरोपमा मुद्दा दर्ता हुनेछ ।

टेरेन्टमाथि अन्य आरोप लगाउने विषयमा पनि विचार गरिने प्रवक्ताले जानकारी दिए । तर उनले यस विषयमा विस्तृत जानकरी भने दिएन । टेरेन्टलाई यस मामिलामा पहिलो पटक मार्च १६ मा अदालतमा उपस्थित गराइएको थियो । अष्टे«लियाली मुलका २८ बर्षिय ब्रेन्टन टेरेन्टले मार्च १५ मा मध्य क्राइस्टचर्चको अल नुर मस्जिद र सहर बाहिरको लिनवुड मस्जिदमा गोलाबारी गरी ५० जनाको ज्यान लिएका थिए ।