आज हुरीबतास र मेघ गर्जनसहित पानी पर्छ– मौसमविद

0
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भूभागहरुमा शुक्रबारको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै तराईका सीमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।