हुरी प्रभावित क्षेत्रका सुत्केरी र बालबालिका जोखिममा

0
Shares

गोकुल घोरसाइने, बारा ।
फेटा गाउँपालिका वडा नम्बर ६, पुरैनियाकी ३० बर्षिय रेक्मा खातुन मनभरी पिडा र संत्राससहित १७ दिनको शिशु काखमा च्यापेर ५ दिनदेखि त्रिपालमुनि बस्दै आएकी छिन ।

हुरिबतासले उनको एउटा छोराको ज्यान लियो । बास बस्ने घर भत्केको छ । पति फिरोज र ससुरा दुबै घाइते अवस्थामा छन । कलिलो सुत्केरी रेक्मालाई आइतबारको हुरीबतासले खपिनसक्नुको पिडा दिएर गएको छ । ‘तै पनि बाच्नै पर्यो, उनले भनिन, असहय पिडा र व्यथा खपेर दिनरात कटाउदै छु ।’ रेक्माको ६ बर्षिय छोरा फैयाज आलमको मंगलबार उपचारको क्र्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । पति र ससुराको विरगंजमा उपचारत छन ।

पुरैनियाकी रेक्मा जस्तै हुरी प्रभावित क्षेत्रका सुत्केरी महिला, शिशु, बालबालिका र वृद्धको दैनिकी बढी कष्टप्रद बनेको छ । हुरीबतासले घरसंग्रै परिवार पनि उजाडिएपछि उनीहरु पिडित बनेका हुन । ‘घरमुलि गुमेका वा घाइते रहेका सुत्केरी महिलाहरुको पिडा त झन दर्दनाक छ, फेटा गाउपालिका १ का अध्यक्ष जयप्रकास दासले भने, हुरीबतासले गाउँमा धेरैको बासस्रंगै भरोसा पनि उडाएको छ । प्रभावित क्षेत्रमा ४ दिनदेखि ७ महिनासम्मका डेढ दर्जन भन्दा बढी सुत्केरी महिला छन ।

हुरीले केही सुत्केरी आमाहरुले पनि ज्यान गुमाएका छन । ‘आमाको मृत्युपछि शिशुको स्याहारसुसार तथा सुरक्षा समस्या बेहोर्नु परेको श्रीमति गुमाएका फेटा १ भलुहिका ३५ बर्षिय रामसुरत दास बताउछन । ‘आमा बितेपछि लालाबालालाइ्र्र अब कसरी हुर्काउने, उनले भने, मर्ने त मरेर गए बाच्नेको बहाल भयो ।’ छिमेकीको पक्की घरको पिलरले थिचेर दासकी ३० बर्षिय श्रीमति रिनादेवी र आमा मतोसरीको ज्यान गएको थियो ।

उनले रातहको नाममा दाताले दिएका सामाग्री खुवाउन नमिल्ने र घरमा पनि केही नभएपछि शिशुलाइ्र्र्र जोगाउनै मुस्किल परेको सुनाए । शुरुका २ दिन खाली पेट र नाङ्गो आङ्गमा खुल्ला आकास दिनरात गुजारेका पिडितले पछिल्ला दिनमा सरकारी र गैरसरकारी क्षेत्रबाट राहत सामाग्री पाएका छन ।

राहतको नाममा अधिका्रंशले चाउचाउ, बिस्कुट र चिउरा दिने गरेको पुरैनियाकी ९ दिने सुत्केरी अमिरु नेसा बताउछिन । उनले पौष्टिक खानेकुरा अभावमा स्तनपानमा समस्या हुने गरेको सुनाइन । ‘रुख्खासुख्खा खानुछ, स्तन भरिए पो बच्चालाइ्र्र चुसाउनु, उनले भनिन, त्यहि भए नि पा्रइएको छ, नत्र भोक्कै मर्नु पथ्र्यो ।’ सुत्केरी नेसाका श्रीमान ओसियर मिया बैदेशिक रोजगारीको क्रममा ६ महिनाअघि मात्रै कतार पुगेका थिए ।
हुरीले नेसाको पनि घर भत्काएको छ ।

अन्नपात नष्ट भएपछि प्रभावित क्षेत्रका सुत्करी, बालबालिका र वृद्धहरुले तयारी र सुख्खा खानेकुरामा छाक टार्दै आएका छन । पिडितको आवश्यकता भन्दा पनि दाताको अनुकुलतामा राहत सामाग्री आउने गरेकाले समस्या देखिएको फेटा १ निवासी वीरगंज ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक वीरेन्द्रप्रसाद साह बताउछन । ‘सुख्खा र तयारी खानेकुरा दिन सजिलो र सस्तो पनि पर्दो रहेछ, उनले भने, धेरैले चाउचाउ, बिस्कुट र चिउरा नै बाढेका छन ।’ तर यस्तो खाद्यान्नले पिडितलाइ्र्र राहतको नाममा आहात पुग्ने उनको भनाइ छ । स्थानीय प्रशासनले पिडित क्षेत्रका सुत्केरी, बालबालिका र वृद्धहरुको लागि विशेष व्यवस्था गर्न तत्काल पहल गर्नु पर्ने उनको सुझाव पनि छ ।

पाँच करोड बराबरको अन्नबाली नष्ट
हावाहुरीले बारामा अन्नबाली, तरकारी र फलफुल गरी पाँच करोड रुपैया भन्दा बढीको क्षति भएकोे छ ।

हावाहुरीले गहु, मकै जस्ता अन्नबाली र आप, लिची, कटहर, केरा, प्याज जस्ता फलफुल र तरकारी बढी क्षेति भएको छ । कृषि ज्ञान केन्द्र बाराले दिएको जानकारी अनुसार एक हजार ५सय ५ बिघाहा क्षेत्रको खेति पुर्ण रुपमा नष्ट भएको छ भने दुई हजार २ सय ३१ बिघा क्षेत्रफलको बालीमा आंशिक क्षति भएको छ । ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले हावाहुरीले सबैभन्दा बढी फेटा गाउँपालिका–१ भलुही, भरवलीया, त्रिवेणी वडा नं ५ गमहरिया वडा नं ६ पुरैनियामा क्षेति गरेको छ ।

उनका अनुसार यो क्षेत्रामा मात्र करीब ५० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गहुँ खेती पूर्णरुपमा नष्ट भएको छ । त्यसैगरी बलिरामपुर र फूलबरीया, देवताल गाउँपालिकाको रामपुर्वा र तेलकुवाँ, सुवर्ण गाउँपालिकाको प्रशुरामपुर, हर्दिया, जमुनिया र चरमोहना, परवानीपुर गाउँपालिकाको बुनियाद, रामपुर, टोकनी, लिपनीमाल, चैनपुर र बहुवरी, पचरौता नगरपालिकाको बेनौली र सखुवाटमा करीब ८०० बिघा क्षेत्रफमा लगाइएको गहुँ बाली, २०० बिघा क्षेत्रफलमा लगाइएको मसुरो, ३०० बिघा क्षेत्रफलको मकै तथा २०० बिघा क्षेत्रफलको तरकारी तथा फलफूल खेती पूर्णरुपमा नष्ट हुदा पाँच करोड भन्दा बढीको अन्नबाली, तरकारी र फलफुल क्षेति भएको क्षति भएको कृषि अधिकृत रामजीवन ठाकुरले जानकारी दिए ।


हावाहुरीबाट आँप, लिची र कटहरका रुख ढलेको र प्र्राय सबै बगैचामा फुल झरेकाले स्थानीयले थप नोक्सानी बहोर्नु परेको छ । हावाहुरीले आँपको बोटमा समेत क्षति पु¥याएकाले फेटा गाविस ६ का वडा अध्यक्ष जाकिर मिया अन्सारीले बताए । हावाहुरीबाट जिल्लामा ३५ लाख रुपैया भन्दा बढीको पाल्तु चौपाया र पक्षी मरेको ज्ञान केन्द्रको अनुमान छ ।