पिडित परिवारलाई २२ लाख क्षतिपुर्ति दिने भएपछि सिसडोल ल्याण्डफिल साइटमा अवरोध हट्यो


नेपाल समाचारपत्र, काठमाडौं ।

दुई दिनदेखि रोकिएको सिसडोल ल्याण्डफिल साइटमा बिहीबार देखि सुचारु भएको छ ।

स्थानीय आन्दोलनकारी र फोहोर व्यवस्थापनको जिम्मा लिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र फोहोरमैला संघले पिडित परिवारलाई २२ लाख रुपिँया दिने सहमति भएपछि बिहीबार बिहानबाट फोहोर विसर्जन सुचारु भएको हो ।

काठमाडौं महानगरपालिका, सिसडोल इन्चार्ज सरकारद्धिप श्रेष्ठका अनुसार ललितपुर महानगरले १० लाख, निजी टिपर धनीले ७ र फोहर मैला संघले ५ लाख क्षतिपुर्ति दिने सहमति भएपछि फोहोर बिसर्जन सुचारु भएको हो । फोहोर सुचारु भए लगत्तै उपत्यकाका १८ स्थानीय तहको फोहोर सिसडोल ल्याण्डफिल साइट पुगेको छ ।

फोहोरका कारण मंगलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका थिए ।