अन्तरप्रदेशको दोश्रो बैठक बैशाख १२ गते हुने

0
Shares

काठमाडौं । अन्तरप्रदेशको दोश्रो बैठक बैशाख १२ गते हुने भएको छ ।

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच बिहीबार भएको छलफलले बैठकको मिति तय गरेको हो ।

छलफलले प्रदेश २ को बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरी पीडितहरुको पुर्नस्थापनामा सातै प्रदेशहरुले समयन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मुख्यमन्त्रीहरुले २९ बुँदे माग पेश गरेका छन् । मुख्यमन्त्रीहरुका मागबारे दोश्रो अन्तरप्रदेश बैठकमा छलफल हुने भएको छ ।