नेपालमा ३१ हजार २० जना एचआईभि संक्रमित


महेश सिंह महतो, लहान ।

सिरहामा एचआईभि सम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था रहेको छ भने पुरुष १४, महिला ७, तेस्रो लिँगी २ र बालक १ जनाले उपचार लिन छोडिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका स्वास्थ्य अधिकृत सरोज कर्ण बताएका छन् ।

सिरहाको लहान स्थित रहेको आरटी सेन्टरमा फागुन मसान्तसम्म पुरुष ९७, महिला ७१, तेस्रो लिँगी २, बालक १३ र बालिका ४ जनाले उपचारको लागि नाम दर्ता गराएका छन् ।

लहानमा एचआईभि संक्रमित हालसम्म २० जना फेला परेको छ भने सिरहामा २४ जनाको मृत्यू भएको छ । एचआईभि संक्रमित भएका देशभरी १ हजार ३ सय ६ जनाको मृत्यू भएको पत्रकार र स्वास्थ्यकर्मीबीच आज लहानमा भएको अन्तरक्रियामा सो तथ्यांक सार्वजनिक गरेको छ ।

जसमा १ सय ६३ जनाले मात्र उपचार गराउँदै आएको छ भने भेदभावको कारण २४ जनाले उपचार लिन अन्तै जाने गरेको अर्का लहान नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत रत्न दासले बताए ।

नेपालमा हालसम्म ३१ हजार २० जना  एचआईभि संक्रमित रहेको छ । जसमा ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला, बालबालिका ३।५ प्रतिशत संक्रमित रहेको छ । वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिँगीहरुबाट सर्ने गरेको सो अन्तरक्रियामा जानकारी गराएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, कोषाध्यक्ष मनोज बनैता, लगायत पत्रकार तथा स्वास्थ्यकर्मी अनिल साह लगायत दर्जनौ सहभागी रहेका थिए ।