परापूर्वकाल देखि नै नेपालहरु अनुसन्धानमा पोख्त: प्रधानमन्त्री ओली


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । “हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तिकिरण गर्न सकेनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर त्यसको उपयोग दैनिक जीवनमा गरे । जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो ।”

प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नुहने बताउनुभएको छ । “हामी गरिव छौं,अविकसित देशमा छौं भनेर हामीले हिनग्रन्थी पाल्नु पर्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी विद्वान पूर्खाका सन्तान हौं । केही समयसम्म शासकको कमजोरी अलि पछि परिएको हो । तर अब त्यस्तो अवस्था रहदैन ।”

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ नयाँ अनुसन्धानमा लाग्न सुझाउनु भएको छ । “समृद्ध नेपाल,सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुहोस ।तपाईंहरुका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।