राष्ट्रपति भण्डारी चीन जाने

0
Shares

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी चीन जानुहुने भएकाे छ । राष्ट्रपति भण्डारी अप्रिल २६ र २७ मा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्टिय शिखर सम्मेलनमा सहभागी हुन चीन जान लाग्नु भएकाे हाे ।

राष्ट्रपति भण्डारीको चीन भ्रमणका लागि दुबै देशमा तयारी बैठक भइरहेको छ । तर भ्रमणलाई राजकीय बनाउने वा नबनाउने भन्रेबारे टुंगो भने लागिसकेको छैन ।

राष्ट्रपति भण्डारीको भ्रमणलाई चिनिया अधिकारीहरुले संघीय गणतान्त्रिक नेपालको राष्ट्रनायकको पहिलो भ्रमणको रुपमा लिएका छन् । हुन त यसअघिका राष्ट्रपति डा रामवरण यादवले पनि चीनमा आयोजित । सांघाई (एक्स्पो) र हैनान (बोआओ सम्मेलन)मा सहभागी भएर दुई पटक भ्रमण गर्नुभएको थियो । तर त्यसबेला मुलुकमा संविधान जारी भइसकेको थिएन ।

सांघाई (एक्स्पो) र हैनान (बोआओ सम्मेलन)। यद्यपि चीनले राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत गरिएन। । त्यसबेला मुलुकमा संविधान जारी भइसकेको थिएन । राजसंस्था अन्त्य भएको संसदबाट घोषणा गरिए पनि चीनले राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिदै आएको थियो ।

यसपटक भने कम्युनिष्ट पार्टीको दुई तिहाई सरकारको राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको चीनभ्रमणलाई निक्कै चासोका साथ हेरिएको छ । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको राजनीति विश्लेषकहरुको छ