आलिया डिप्रेसनको शिकार

0
Shares

सन् २०१२ मा फिल्म स्टुडेन्ट अफ इयरबाट बलिउडमा डेब्यु गरेकी नायिका आलिया भट्ट फिल्मी दुनिया“मा आफ्नो पहिचान बनाउन सफल छिन्। हालै मात्र उनले फिल्म राजीका लागि उत्कृष्ट अभिनेत्रीको फिल्म फेयर अवार्ड चुमेकी छिन्।

उनले करिअरको दौरानमा धेरै सम्झनयोग्य भूमिकामा अभिनय गरेकी छिन्। आफ्नो मुस्कानका कारण दर्शकहरूको मन जित्न सफल उनले हालै आफ्नो एक रोगको खुलासा गरेकी छिन्। आलियाले एक अन्तर्वार्तामा आफू पछिल्लो ६ महिनादेखि डिप्रेसनबाट पीडित भएको बताएकी छिन्।

‘यस रोगबाट छुटकारा पाउनका लागि म हरतरहको कोसिस गरिरहेको छु, म अचानक खुसी र अचानक दुःखी हुन्छु। कहिले कहिले त म बिनाकारण पनि रोइरहेको हुन्छु। फेरि सबै ठीक हुन्छ।’ –उनले भनेकी छिन्। आलियाले कामको अधिक दबाब र खराब जीवनशैलीका कारण यस्तो भएको हुन सक्ने बताएकी छिन्।