रञ्जुको क्यानभासमा कलर्स अफ चेन्ज

0
Shares

राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी कलर्स अफ चेन्ज चलिरहेको छ। गत शनिबार शुरू भई आज बुधबारसम्म चल्ने पा“चदिने प्रदर्शनीमा यादवका २९ कलाचित्र प्रदर्शित छन्। व्यावसायिकरूपमा मिथिला चित्रकलामा ६ वर्षदेखि सक्रिय रहेकी यादवले पछिल्लो ३ वर्षमा कोरेका चित्रहरू एकल प्रदर्शनीमा राखिएको बताइन्।

नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभई समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार चित्रहरू कोरेकाले प्रदर्शनीको नाम कलर्स अफ चेन्ज राखिएको उनले बताइन्। प्रदर्शित कलाचित्रमध्ये केही चित्र नेपालको तराईमधेस र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली झल्काउने खालका छन् भने अधिकांश चित्र समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन्।

विशेष गरी दाइजो प्रथा, बालिका भ्रूण हत्या, बालविवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानताजस्ता जल्दोबल्दो समस्या र विकृतिलाई चित्रकार यादवले आफ्ना कलाचित्रमार्फत देखाएकी मात्र छैनन्, उनले यी विसंगति मानव सभ्यताकै लागि कलंक र पछौटेपनको प्रतीक हुन् भन्न खोजेकी छिन्।

‘हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध कलाचित्रमार्फत मैले आफ्ना असहमति र रिस पोखेको हु“ु।’ –चित्रकार यादवको भनाइ छ। चित्रकार यादवका अनुसार रंग र ब्रस उनका हतियार हुन्, जसलाई आर्ट पेपर र क्यानभासमा प्रयोग गरेर समाजमा शताब्दीयौंदेखि विद्यमान अन्याय, अत्याचार र विकृतिविरुद्ध उनी लड्ने गर्छिन्। ‘कला कलाका लागि मात्र होइन। कला समाजका लागि पनि हुनुपर्दछ भन्ने मेरो बुझाइ छ। त्यही बुझाइ र विश्वासअनुसार नै समाजमा व्याप्त विकृति, विसंगति, अन्याय र अत्याचारविरुद्ध चित्रहरू कोर्ने गर्दछुु।’ –यादव भन्छिन्।