को बन्छ करोडपतिमा भद्रगोल टिम

0
Shares

लोकप्रिय हास्य टेलिसिरियल भद्रगोलको टिमले यो साता को बन्छ करोडपतिमा सहभागिता जनाएको छ। अर्को साता प्रसारण हुने को बन्छ करोडपतिको शृंखलामा सहभागी हुन उनीहरू पुगेका हुन्।

भद्रगोलका तर्फबाट निर्देशक तथा कलाकारद्वय अर्जुन घिमिरे ‘पा“डे’ र कुमार कट्टेल ‘जिग्री’ले राजेश हमालस“ग गेम खेलेका हुन्। धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको सहयोगार्थ आफूहरूले को बन्छ करोडपतिमा गेम खेलेको भद्रगोल टिमले बताएको छ।

क्रिकेट रंगाशाला निर्माणका लागि विभिन्न कार्यक्रम गरेका भद्रगोल परिवारले कलेज क्याम्पेनदेखि लिएर विभिन्न शो गरिरहेका छन्। ‘त्यो हट सिटमा बसेपछि आफ्नै नाम के हो भन्ने नै बिर्सिंदो रहेछ।’ –राजेश हमालस“ग को बन्छ करोडपति खेलेपछि आफ्नो अनुभव शेयर गर्दै कुमार कट्टेलले भने। अर्जुन घिमिरेले थपे– ‘मैले ५ पटक जति त राजेश हमालको अनुहारमा बाघ देखें।’