हुरीबतास पीडितलाई लभ स्टेसनको सहयोग

0
Shares

गत आइतबार राति हुरीबतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवं क्षतिप्रति दुःख व्यक्त गर्दै नायक प्रदीप खड्का र यसै साता रिलिज हुन लागेको उनको फिल्म लभ स्टेसन टिमले सहयोग गरेको छ।

हुरीबतासबाट भएको क्षतिपछि उद्धार, उपचार, राहत र सहयोगमा आफूहरूको साथ रहने बताउ“दै नायक खड्काले यो अप्ठेरो घडीमा सहयोगका लागि सबैलाई अपीलसमेत गरेका छन्। राहतका लागि अपील गर्दै सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै लभ स्टेसन टिमले सहयोगको घोषणा गरेको छ। प्रदीप र लभ स्टेसनका प्रस्तुतकर्ता गोविन्द शाहीका तर्फबाट बारा जिल्लाका हावाहुरी पीडितका लागि ५० हजार रुपिया“ प्रदान गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन कोष बारामार्फत सो रकम पीडितका लागि सहयोग गरिने प्रदीपले बताए। जिल्ला प्रशासन प्रमुख पौडेलस“ग सम्पर्क गरी पीडितलाई राहत तथा अन्य सहयोगका लागि प्रदीपले अपील गरेका छन्।

हावाहुरीबाट दिवंगत भएकाप्रति श्रद्धासुमन र घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्दै प्रदीप र गोविन्दले उनीहरूको सहयोगका लागि आफूहरूले निरन्तर पहल गर्ने पनि बताएका छन्। उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको फिल्म लभ स्टेसन आगामी शुक्रबार अल नेपाल रिलिज हु“दै छ। फिल्ममा प्रदीपस“गै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काप्mले, कालु रानालगायतले अभिनय गरेका छन्।