त्रिभुवन विमानस्थलको स्तरोन्नति औपचारिक रुपमा सुरू 

0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे स्तरोन्नति आजबाट औपचारिक रुपमा सुरू गरिएको छ ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो । यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो ।

धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ । दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलले यस अघिनै जानकारी गराइसकेको थियो । स्तरोन्नतिको काम थालिएकाले दैनिक १० घण्टा उडान बन्द गर्नुपरेको हो ।

नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाइने छ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक कठिनाइ आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको हो ।