हेमा मालिनीगहुँ काटेर भोट माग्दै

0
Shares

बलिउड अभिनेत्री हेमा मालिनीलाई यति बेला चुनावले छोएको छ। उनी लोकसभा चुनाव २०१९ को प्रचार प्रसार र मानिससँग भेटघाटमा व्यस्त छिन्।

मानिसहरूको ध्यान आफूतिर खिच्नका लागि नेताहरूले आआफ्नो शैली अपनाइरहेका बेला नेतृ हेमा पनि भारतको उत्तर प्रदेशको मथुरामा चुनाव प्रचारमा लागेकी छिन्। भाजपा सांसद तथा लोकसभा उम्मेदवार रहेकी उनले प्रचारको अलग तरिका अपनाउँदै किसानहरूको खेतमा गएर गहँु काटेकी छिन्।

आफ्नो संसदीय क्षेत्रमा कामकाजी महिलाहरूसँग गहुँ काट्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले मथुराको एक गाउँमा बाली काट्न व्यस्त महिलाका बीचमा गएर गहुँ कोटेकी हुन्। सिफनको सारीमा गहुँ काटिरहेको तस्वीर बाहिरिएपछि सामाजिक सञ्जालमा केही मानिसले उनलाई ट्रोल बनाइरहेका छन्। एक युजरले लेखेका छन्– ‘हेमाजी पछिल्लो ५ वर्षसम्म तपाईंलाई किसानको याद आएन। जब चुनाव आयो त खेतमा फोटो खिचाउन आउनुभयो। कतिसम्म गरिबको मजाक उडाउनुहुन्छ?’