निखिल र सिर्जुलाई हेर्न उर्लिए दर्शक

0
Shares

धनवीर दाहाल, रुकुम
गीत संगीतको कार्यक्रम भन्नेबित्तिकै मान्छेहरूको भीडभाड लाग्ने गर्दछ। त्यसमा पनि आफूले मन पराएका कलाकारको प्रस्तुति हेर्न भीड नलाग्ने कुरै भएन।

शुक्रबार रुकुम पश्चिममा यस्तै भीड ओर्लियो। रुकुम पश्चिमको सदरमुकाम खलंगामा सञ्चालन भइरहेको प्रादेशिक कृषि, सांस्कृतिक पर्यटन महोत्सवमा गाउ“ गाउ“बाट आएका दर्शकको साह्रै भीड लाग्यो।

एक्सन नायक निखिल उप्रेतीलाई हेर्न वृद्ववृद्वादेखि बालबालिकासम्मको निकै भीड थियो। आयोजक समितिका सचिव तुल देवकोटाका अनुसार ब्रहाटाकुरा खुला मञ्चमा १० हजार बढी दर्शक उर्लिएका छन्। नायक उप्रेतीले दर्शकको मागअनुसार आफूले अभिनय गरेका फिल्मका संवादको प्रस्तुति राखेका थिए।

चर्चित गायिका तथा मोडल सिर्जु अधिकारीले गीत गाउ“दा पनि दर्शकको उत्तिकै हुटिङ थियो। उनको गीत रेडियोमा सुनिरेहका तथा टेलिभिजन र युटुबमा मात्र देखिरेहका दर्शक उनलाई आफ्नै अगाडि देख्न पाएर रमाए। अधिकारीले आफूले बजारमा ल्याएका विभिन्न गीत गाएर दर्शकलाई नचाएकी थिइन्।

रुकुम पश्चिम समृद्धिका आधार, कला संस्कृति पर्यटन विकास र हाम्रा उद्योग व्यापार भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएका छन्। जिल्लाको कला संस्कृतिको जगेर्ना गर्ने, कला संगीत प्रशिक्षण केन्द्र निर्माण गर्ने, पर्यटन विकासमा टेवा पु¥याउने, भेषभूषा तथा खाद्य उत्पादनको जगेर्नामा सहयोग गर्नुका साथै कर्णाली भ्रमण वर्ष २०७५ लाई सफल बनाउने उद्देश्य महोत्सवको छ। आज आइतबारसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसहित स्थानीय कला, संस्कृति, कृषि, पर्यटनसम्बन्धी स्टलस“गै व्यापारिक स्टलहरू रहेका छन्।