रियालिटी शो हुँदै

0
Shares

एन्जल मिडियाले नेपाल हिरो अफ ट्यालेन्ट नामक रियालिटी शो आयोजना गर्ने भएको छ। गायन नृत्य तथा अन्य प्रतिभालाई समेटेर गर्न लागिएको रियालिटी शो नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरूलाई स्थान दिन आयोजना गर्न लागिएको हो।

नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधित्व हुने गरी १४ मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने भएको छ। अडिसनबाट छनोट भएकालाई काठमाडौं बोलाएर जर्ज राउन्डबाट भोटिङ राउन्डमा प्रवेश गराई विजेता छनोट गरिनेछ भने प्रथम हुनेलाई नगद ७० लाख द्वितीयलाई २० लाख र तृतीयलाई नगद १० लाख प्रदान गरिने बताइको छ। कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार ओमप्रकाश राई र अभिनेतृ एलिना बास्कोटा निर्णायक रहनेछन्।