कला तथा सांस्कृतिक महोत्सव शुरु

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
कला र सांस्कृतिक महोत्सवको बुधबार ललितपुरमा शुरु भएको छ ।

वल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले सो महोत्सव आयोजना गरेको हो ।पाटन दरबार क्षेत्रमा आयोजित एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनःले महोत्सवको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले कला तथा संस्कृतिमाथि नै संकट आउने चिन्ता बढीरहेको बताउँदै सबै मिलेरे कला तथा संस्कृतिको संरक्षण र सम्बद्र्धनमा विशेष ध्यान दिनुपर्ने खा“चो औल्याउनुभयो । उहा“ले भन्नुभयो ‘विश्व कला परिषद्ले ललितपुरलाई हस्तकला नगरी घोषणा गर्नु कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न हाम्रो लागि ठूलो अवसर हो ।’

उपराष्ट्रपति पुनःले स्थानीय सरकारको सेवाप्रवाहको इकाईको रुपमा रहेको वडाले गरेको महोत्सवको मर्म, सन्देशप्रति प्रदेश र संघीय सरकारले पनि ध्यानदिनुपर्ने खा“चो औल्याउनुभयो ।‘किनकी कला, संस्कृति, सम्पदा, भाषा, संस्कार, भूगोल तथा प्रकृति राष्ट्रको मुख्य पहिचान हो । ’ उहा“ले भन्नुभयो ।
उपराष्ट्रपति पुनले निर्यात व्यापारमा उच्च योगदान पु¥याईरहेको र हजारौंका लागि रोजगारी सिर्जना गरेको हस्तकलाको प्रवद्र्धनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ३५ औं हस्तकला नगरी घोषणा भएपछिको पहिलो बृहत कार्यक्रमको रुपमा वडा नं १६ ले कला र संस्कृतिको महोत्सव गरेको उल्लेख गर्दै यसलाई क्राफ्ट सिटीको घोषणा अनुरुप कार्य अघि बढाउन मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो ।उहा“ले क्राफ्ट सिटीको घोेषणा अनुरुप काम अघि बढाउन महानगरपालिकाले गृहकार्य गरिरहेको समयमा आयोजना गरिएको महोत्सव कोशढुंगा रहेको धारणा राख्नुभयो ।
वल्ड क्राफ्ट काउन्सिल एसिया प्यासिफिकका उपाध्यक्ष धर्मराज शाक्यले महोत्सवले हस्तकला नगरीको घोषणाबारे बहस छडेको बताउ“दै क्राफ्ट सिटीको अवधारणा बनाउन महोत्सव महत्वपूर्ण कडी रहेका बताउनुभयो ।
उपाध्यक्ष धर्मराजले कलाको गुणस्तरीयता, प्रतिलिपि अधिकार र ब्राण्डिङका लागि काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभयो ।नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले वडाले महोत्सव आयोजना गरेर क्राफ्ट सिटीको इतिहासमा किर्तिमानी काम गरेकोमा प्रशंसा गर्नुभयो ।
सो अवसरमा महोत्सव मूल समारोह समितिका संयोजक एवं ललितपुर महानगरपालिका – १६ का वडाअध्यक्ष महोत्सव वडा नं १६ लाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न टेवा पु¥याउने बताउनुभयो ।वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको बताउ“दै वडाअध्यक्ष शाक्यले महोत्सव लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम रहेको धारणा राख्नुभयो ।

हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने मूल नाराका साथ सो महोत्सव पा“च दिनसम्म चल्ने छ । महोत्सवको प्रर्वद्धकमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य रहेका छन् ।१६ वडाभित्रका टोलहरुलाई महोत्सवको सह आयोजकको रुपमा राखिएको छ ।
महोत्सवका आर्कषण
नागबहाल टोल सुधार समितिको सहआयोजना र वसुवर्ण बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा नागबहालमा धातुकला, मूर्तिकलाको करिब २५ वटा स्टल रहेको छ । नेवारी खाजा र अन्य खाद्य परिकारको गरी पा“च वटा स्टल रहेको छ । त्यसैगरी इलाननीमा कलाकारहरुले धातुका मूर्तिमा बुट्टा कु“दिरहेको जीवन्त प्रदर्शनी भइरहेको वडासदस्य पञ्चबज्र बज्राचार्यले बताउनुभयो ।
त्यस्तै नकबहीलस्थिल लोकाकिर्ति महाविहारमा चीनपछिको दोस्रो लिपिको रुपमा रहेको रञ्जना लिपि लेखन विधिबारे प्रदर्शनी भइरहेको छ ।नकबहील टोल सुधार समितिको सहआयोजनामा सो बहीलमा महोत्सव अवधिभर गेडागुडीको मण्डला प्रदर्शनी भइरहेको छ।हरेक वर्ष मंसिर पूर्णिमा सकिमना (पून्हि) का दिन नेवार समुदायमा हलिमली ब्वयेगु भनि गेडागुडीको मण्डला, देवीदेवताको आकृति बनाउने परम्परा रहेको छ । सो परम्पराको प्रतिकको रुपमा सो महाविहारमा प्रदर्शनी गरिएको हो । त्यस्तै सो महाविहारमा हरेक वर्ष दशैंको अवसरमा हुने अष्टमातृका नाचको झझल्को दिने गरी देवीदेवताको मुखाकृतिको प्रदर्शनी गरिएको छ । महाविहारसंगैको नकबहीलमा सांस्कृतिक प्रदर्शनी भइरहेको छ । नकबहीलमा फल्चामा (पाटीमा) मच्छिन्द्रनाथ बनाउने विधिको जीवन्त प्रदर्शनी भइरहेको छ ।
त्यसैगरी भाष्करदेव संस्कारित लोकाकिर्ति महाविहार न्याखाचोकमा बज्राचार्य पुजाविधिको सहयोगमा मानिस जन्मदेखि नमरुञ्जेलसम्म गर्नुपर्ने दशकर्म संस्कारमा र विभिन्न पुजाविधिमा प्रयोग गरिने सामग्रीको प्रदर्शनीमा राखिएको छ ।त्यस्तै स्वठ टोल सुधार समिति सहआयोजनामा नेवारी परम्परागत भेषभुषा प्रदर्शनी, सांस्कृतिक नृत्य एवं सांगितिक कार्यक्रम हरेक दिन हुने छ । धातुका मूर्तिकला, मूर्ति बनाउने प्रक्रियाको जीवन्त प्रदर्शनीमा राखिएको छ । त्यसैगरी स्थानीय टंगल, तिच्छुगल्लीमा तामाका भा“डाकु“डा र कायगुननीमा विभिन्न पर्वको बोध गराउने सामग्रीको प्रदर्शनीमा राखिएको छ ।चल्खु साल्ह“मा हरेक दिन चर्या नृत्य प्रदर्शनी हुने छ ।
महोत्सव अवधिभर वडाका परम्परागत धिमे बाजा, धां बाजा, नाय्खी बाजा, नौ बाजा मृडंङ्ग भजन, लाखे नाच लगायत विभिन्न सांस्कृतिक झाक्रीहरु प्रदर्शनी हुने छ । त्यसैगरी क्राफ्ट सिटी, संस्कृति संरक्षण, पर्यटक प्रर्वद्धन बारे अन्र्तक्रिया, डबली बहस हुने छ ।हरेक दिन स्थानीय ब्राण्डहरुको सांस्कृतिक प्रस्तुती हुने छ ।