पुँजी बजारमा सुधारका काम गरिरहेको बोर्डको दाबी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पुँजी बजारमा देखिएका समस्या र समाधानका बारेमा नेपाल धितोपत्र बोर्डले चालेका कदमबारे स्पष्ट पारेको छ।
बोर्डले मुद्रा तथा पँुजी बजारमा देखिएका प्रवृत्तिहरूको मूल्याकंन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि वित्तीय स्रोतमा देखिएका समस्याहरू सम्बोधनका लागि सुझाव पेश गर्न सरकारबाट गठित मुद्रा तथा पुँजी बजारसम्बन्धी कार्यदलको सुझाव प्रतिवेदनअनुसार बोर्डसँग सम्बन्धित २८ बुँंदामध्ये केही तत्काल गर्नुपर्ने, केही चैत मसान्त तथा २०७६ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने गरी कार्य योजनाअनुसार काम भएको जनाएको छ।

बोर्डका अनुसार तत्काल गर्नुपर्ने १२ वटा कार्यमध्ये प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम ग्रेडभन्दा कम्तिमा एक स्तर माथिको रेटिङ प्राप्त गरेका संस्थालाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गरी कार्यान्वयन गरिएको छ। बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार गराई ऋणपत्र बजारलाई थप गतिशील बनाउन जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यवस्था गरिएको तथा नेटवर्थभन्दा बढी नहुने गरी एफपीओ जारी गर्न पाउने तथा नेटवर्थभन्दा दुई गुणा बढी गरिएको छ।

त्यस्तै शेयर दलालमार्फत मार्जिन कारोबार सम्बन्धमा बोर्डको निर्देशनमा नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ लागू गरिसकेको र सोही बमोजिम नेप्सेबाट आवश्यक प्रक्रिया अगाडि बढाई कार्यान्वयनको चरणमा रहेको बोर्डले जनाएको छ। नेप्सेले सञ्चालनमा ल्याएको स्वचालित कारोबार प्रणालीलाई सीडीएसएलको प्रणालीमा आबद्ध गरिएको तथा स्वचालित कारोबार प्रणालीमा भएका कमि कमजोरीलाई अध्ययन गर्न बोर्डबाट गठित समितिबाट प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाइएको छ।बजार निर्माताको कार्यको लागि नागरिक लगानी कोषलाई ल्याएको र सामूहिक लगानी कोष कार्यान्वयनको चरणमा रहेको छ।

यसै गरी नेप्सेबाट हुनुपर्ने देखिएकोमा शीघ्र कार्य अगाडि बढाउन निर्देशन दिइएको र सोको निरन्तर रुपमा फलोअप भइरहेको छ। बाणिज्य बैकहरूलाई सहायक कम्पनी मार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाइसेन्ससम्बन्धी आवश्यक कार्यहरू अगाडि बढाई बोर्डमा सिफारिश गर्न पुस १८ गते नेप्सेलाई निर्देशन दिइएको बोेर्डले उल्लेख गरेको छ।

बोर्डका अनुसार लगानीकर्ताहरूको इन्भेष्टर प्रोटेक्सन फन्ड स्थापना गर्न पुस १८ गते नेप्सेलाई निर्देशन दिइएको साथै सीडीएसीसँग सम्बन्धित रहेको धितोपत्रको दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताको लागि सेटलमेन्ट ग्यारेन्टी फन्डको स्थापनाका लागि सिडीएसीलाई निर्देशन दिइएको बोर्डले जनाएको छ।

यसैबीच धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र व्यवसायी ९धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता० नियमावली, २०६४ संशोधन गर्ने कार्य अन्तिम चरणमा रहेका र गैरआवासीय नेपालीको बैंकहरूको डिवेन्चरमा लगानी, लगानी फिर्ता तथा बैंकहरूबाट ऋणपत्र जारी गरी वित्तीय स्रोत जुटाउने सम्बन्धमा समन्वयात्मक रुपमा सम्बन्धित निकायहरूसँग छलफलको क्रममा रहेको बोर्डले जनाएको छ।