गोरखामा बस दुर्घटना हुँदा १५ जना घाइते

0
Shares

गोरखा ।
गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले जानकारी दिनुभयो ।

तनहुँको आँबुखैरेनीबाट गोरखाको अबुवातर्फ आउँदै गरेको ना७ख २०७० नं को बस र विपरित दिशाबाट आइरहेको ना५ख ५८११ नं को ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइतेको आँबुखैरनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते सुमित्रा नगरकोटी र भोजराज नराललाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।
रासस