‘एक नेपाली एक बिरुवा’ अभियान अन्र्तगत वृक्षारोपण

0
Shares

किरन धामी, दार्चुला ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘एक नेपाली एक फलफुलको विरुवा रोपण अभियान’ अन्र्तगत मंगलबार दार्चुला जिल्लामा रहेको नेपाली सेनाको दुर्गादल गुल्म परिसरमा विभिन्न प्रजातीका करिव २ सय वटा फलफुलका वोटहरु रोपिएको छ ।

मंगलबार विहान जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट नेतृत्वको टोलीले गुल्म परिसर भित्र वृक्षारोपण गरेको गुल्मपति गणेश रावलले जानकारी दिए ।

अभियानमा सरिक भई नगर प्रमुख भट्टले तेजपातको वोट रोपेका छन् । यस्तै दार्चुला जिल्ला अदालतका न्यायाधिस गिरीराज गौतम र प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि तेजपातका वोटहरु रोपेका छन् । वृक्षारोपण गर्दै महाकाली नगरपालिकाका प्रमुख भट्टले संरक्षणमा जोड दिएका छन् । डिभिजन वन कार्यालयबाट जिल्लाका विभिन्न स्थान हरेक वर्ष वृक्षारोपण गरिने भन्दै संरक्षणमा विषेश ध्यान दिनु पर्ने बताए ।

डिभिजन वन कार्यालय दार्चुलाको समन्वय तथा सहयोगमा गुल्म परिसर भित्र कागती, तेजपात, अमला, केरा, आरु, अम्बा, सल्लो, आँप, डालेघास लगायतका करिव २ सय वोटहरु रोपिएको गुल्मपति रावलले बताए । वृक्षारोपणले गुल्मलाई ‘गो ग्रिन क्याम्प’ बनाउने अभियानलाई समेत सयोग पुग्ने गुल्मपति रावलले बताए ।