गाँजा ओसारपसारमा संलग्न फरार प्रतिवादी पक्राउ

0
Shares

काठमाडौँ ।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन् । फक्राउ पर्नेमा मकवानपुर कैलाश– ८ आँखीटारका २८ वर्षीय मिनबहादुर लोप्चन भन्ने मेलबहादुर लोप्चन रहेका छन् ।

लोप्चनलाई गत बैशाख १ गते लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँ चन्द्रागिरी– २ झ्याप्ले खोला नजिक सडक किनारबाट भारत लैँजादै गरेको १६० किलो अवैध गाँजा (चिप्पड) र तेल ट्यांकर सहित २ जनालाई पक्राउ गरेको थियो । तर उनीहरु तत्काल फरार हुन सफल भएका थिए ।

फरार रहेका उनीहरुलाई खोजतलासका क्रममा सोमबार हेटौडामा रहेको फरेस्ट्री अगाडी सडकबाट फक्राउ गरेको हो ।
पक्राउ परेकालाई थप कारबाहीका लागि जिल्ला अदालत, काठमाण्डौं ल्याईएको छ ।