कालिञ्चोकमा आजपनि हिमपात !

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
सोमबार देखि मौसममा बदली भएपछि मध्य चैत्रमा कालिञ्चोकमा हिमपात भएको छ । हिमपात र असिनाको कारण चिसो पढेकोले जननिजवन प्रभावित भएको स्थानिय बताउछन् ।

कालिञ्चोक आसपास सोमवार साँझ देखिनै हिमपात भएको स्थानिय होटल व्यवसायी सोनाम शेर्पाले बताए । मंगलवार दिउँसोसम्म पनि हिमपात जारी रहेको शेर्पाले बताए । हिमपातसंगै असिना र हावाहुरी समेत चलेकोले अत्यधिक जाडो भै जनजिवन प्रभावित भएको शेर्पाको भनाई छ ।

चैत्रको गुराँस फुल्ने मौसममा हिमपात समेत भएपछि अहिले कालिञ्चोक निक्कै मनमोहक देखिएको स्थानिय सुनपाती होटलका सञ्चालक हरि ओली बताउछन् । हिमपात र असिनाले चिसो बढेको भएपनि गुराँसमा हिउँले छोपिदा देखिने दृश्यले कालिञ्चोक पुगेका पर्यटकहरु निक्कै रमाएको आली बताउछन् ।

अत्यधिक चिसो र हिमपातले यातायात सहज ढङ्गले सञ्चालन हुन नसकेपछि थोरै पर्यटकमात्र कालिञ्चोक पुगेको तर उनीहरु हिउँमा खेलेर रमाईलो गरिरहेको स्थानिय होटल व्यवसायी सोनाम शेर्पा बताउछन् । कालिञ्चोकमा यो बर्ष १० पटक भन्दा बढी हिमपात भएको र पर्यटक समेत अत्यधिकमात्रामा पुगेको स्थानियको भनाई छ ।