महानगरका सटरहरुमा ३ सय ८४ रुपैयाँ मात्र भाडा

0
Shares

विराटनगर ।
प्रदेश १ को अस्थायी राजधानी तथा प्रदेश १ मात्र महानगरपालिका विराटनगर महानगरले आफनो स्वामित्वमा रहेका भवनका सटर १० हजारदेखि २० हजारमा लाग्नु पर्ने महानगरपालिकाको सटर ३ सय ८४ रुपैयाँ मै लगाएको पाईएको छ । विराटनगर महा–नगरपालिकाद्धारा संचालित विराटनगरको मुटुमा रहेको डि प्लट भवनका सटरहरु अहिले पनि ३ सय ८४ देखि ३ हजार १ सय ५० रुपैयाँँमा भाडा लगाएको पाईएको छ ।

विराटनगरको मुख्य बजारका सटरहरु कम्तीमा पनि १० हजारदेखि ४० हजारसम्म भाडामा लाग्ने गरेको छ । डी प्लटमा साना र ठूला गरी २० वटा सटर छन् । तीमध्ये १० वटा सटर विराटनगर मेनरोड र ठाकुरबारी रोडसँग जोडिएका छन् । २० वटा सटरबाट मासिक सरदर २९ हजार रुपैयाँमात्र भाडा उठ्ने गरेको छ ।

महानगरपालिकाका ९ का अध्यक्ष विश्वनाथप्रसाद साह महानगरको २० वटा सटरको भाडा मासिक २९ हजार भाडा उठ्ने भन्दा आफू पनि छक्क परेको बताएका छन । व्यस्त बजारको सटरभाडा न्यून मूल्यमा लागेको पाएपछि जनप्रतनिधीका रुपमा महानगरपालिकामा आएको डेढ वर्षपछि नयाँ टेण्डर प्रक्रिया अघि बढाएको छ ।

उपभोक्ता समितिमार्फत चलेको डी प्लटको सटरभाडा न्यून पाइएपछि नयाँ टेण्डर प्रक्रिया अघि बढाइएको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए । विराटनगर महानगरपालिकाद्धारा संचालित बुधहाट चोक स्थित उक्त भवनका सटरहरु गुन्द्री सब्जी मण्डी व्यवस्थापन समितिले जिम्मा लिएर भाडा लगाउने र पैसा उठाउने गरेको थियो ।उपभोक्ता समिति मार्फत चलेको डी प्लटमा भने न्यून शुल्कमा भाडा लगाएको पाइएपछि विराटनगर महानगरपालिकाले नयाँ टेण्डर प्रकृया सुरु गरेको छ ।

बोलपत्र आह्वान समेत गरेर टेण्डर प्रक्रियाबाट काम गर्न लागेको हो । डि प्लटमा हाल मेन रोड , ठाकुरबारी रोड गरेर जम्मा २० वटा सटर छन् । न्यून मुल्यमा भाडा लागेका कारण मासिक २९ हजार हाराहारी मात्रै भाडा उठ्ने गरेको पाइएको छ । महानगरपालिकाले नयाँ टेण्डर खोलेपछि सटरमा व्यवसाय संचालन गरेका व्यवसायीले उच्च अदालतमा परमादेशकालागि रिट दायर गरेका थिए तर उच्च अदालतका न्यायधिश हरिप्रसाद भण्डारीको इजलासले रिट जारी गर्न आवश्यक नरहेको आदेश दिएको छ ।

‘मासिक ३ सय ८५ रुपैयादेखि अधिकतम ३ हजार एक सय ५० रुपैया भाडा बुझाउदै आएका व्यवसायीहरुले दायर गरेको रिटमा उच्चले परमादेश जारी गर्न आवश्यक नरहेको आदेश दिएको हो । महानगरपालिकाले गत फागुन २३ गते पहिलो पटक ठेक्का प्रकृयाको लागि आह्वान गरेको थियो । महानगरले हाल भवनको बाहिरी सटर प्रति वर्ग्फिट न्यूनतम २ सय २० र भित्री सटर १ सय ५० वर्ग फिट रकम तोकेको छ ।