असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति

0
Shares

धनवीर दाहाल, रुकुम ।
भारी मात्रामा परेको असिनाले रुकुम पुर्वमा पाक्नै लागेको गहुँबालीमा क्षति गरेको छ । जिल्लाको अधिकांश ठाँउमा भारी मात्रामा असिना परेको छ ।
असिनाले तीन स्थानिय तहका विभिन्न ठाउँहरुमा लगाइएको खाद्यान्न तथा नगदे बालिमा ठूलो क्षति गरेको सिस्ने गाउँपालिका ५ का कृषक प्रकाश बि सि ले बताउनुभयो । कृषक बिसिका अनुसार पाक्न लागेको गहुँ, जहँु, मुसुरो तथा फुल्न थालेका मौसम, सुन्तला, कागती, आरु, पलम तथा भखरै टुसाउन लागेका आलु ,प्याज, सिमि, मकै, भिन्डी, काक्रा ,तितेकरेला तथा अन्य तरकारी बालिमा पनि ठूलो क्षति गरिदिएको छ ।
अत्यधिक मात्रामा परेको असिना पानीका कारण जिल्लका विभिन्न स्थानमा तरकारी तथा फलफुल खेती नष्ट भएपछि कृषकहरू चिन्तित बनेका छन ।