नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताले ताला लगाए, अर्थमन्त्री बर्खास्त गर्न माग


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि भन्दै केहि दिन अगाडी चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडी सारेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो ।

समूहले पनि एक जना कर्मचारी भित्रै थुनिएको स्वीकार गरेको छ । ताला लगाउँने क्रममा एक जना कर्मचारी समेत भित्रै थुनिएको स्वयम दवाव समुहले स्वीकार्यको छ ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउदै आएको छ ।