सोनाम एकेडेमीको गर्ल्स होस्टेलमा किशोरीको शंकास्पद मृत्यु

0
Shares

काठमाडौँ ।
सोनाम एकेडेमीको गर्ल्स होस्टलमा एक किशोरीको शंकास्पद मृत्यु भएको छ । ललितपुरको थेचोमा रहेको सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने कक्षा १० मा अध्ययरत् १५ वर्षीया किशोरी मेरिका रानाको मृत्यु भएको हो ।

प्रहरीले उनीहरुको मृत्युसंगै त्यहाँका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशकलाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा रानाको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रानाको परिवारले उनको मृत्यु नभई हत्या भएको शंका गर्दै किटानी जाहेरी दिएपछि प्रिन्सिपल र वार्डेनलाई सोधपुछका लागि पक्राउ गरिएको हो ।

पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै रानाको मृत्युको कारण खुल्ने प्रहरीको भनाई छ ।

प्रिन्सिपल र वार्डेनमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।